मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अभिनेता सरोज खनालको अतीत सम्झाउने गीत ‘जीवनको पाना’ सार्वजनिक

अभिनेता सरोज खनालको अतीत सम्झाउने गीत ‘जीवनको पाना’ सार्वजनिक


काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लोकप्रिय एवं सदावहार नायक सरोज खनालले आफ्नो जीवनको अतीत सम्झाउने गरी ‘जीवनको पाना पुरानो अब भएर गएछ…’ बोलको गीत शनिबार सार्वजनिक गरेका छन् । 
 
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको सो भिडियो केन्द्र मोसन पिक्चर्सले शनिबार सार्वजनिक गरेको हो । ‘जीवनको पाना’ नामक सो भिडियोमा मदनकृष्ण श्रेष्ठ र सरोज खनालले अभिनय गरेका छन् । 
 
भिडियोमा वृद्धावस्थामा पुगेका अभिनेता खनाल स्वयंले आफ्नो जीवनमा भोगेका भोगाइ र पाएको सम्मानलाई स्मरण गरेका छन् । 
 
अतीत सम्झाउने दृश्यमा उनी आफैँले अभिनय गरेका विभिन्न चलचित्रका गीतको फुटेजहरु, तस्बिर, अभिनयका क्रममा प्राप्त गरेका अवार्ड तथा सम्मानहरुलाई समेटेका छन् । जसले भिडियोलाई थप जीवन्त बनाएको छ । 
 
राजेन्द्र वाग्लेको प्रस्तुति एवं राज केसीको निर्देशन रहेको उक्त गीतको परिकल्पना अभिनेता खनालकै रहेको छ भने बामकुमार श्रेष्ठको शब्द/लय तथा सन्तोष श्रेष्ठले सङ्गीत भरेका हुन् ।  
 
भिडियो हेर्न तलको लिंक थिच्नुहोस् 

शेयर गर्नुहोस:

945
Shares