काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लोकप्रिय एवं सदावहार नायक सरोज खनालले आफ्नो जीवनको अतीत सम्झाउने गरी ‘जीवनको पाना पुरानो अब भएर गएछ…’ बोलको गीत शनिबार सार्वजनिक गरेका छन् ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको सो भिडियो केन्द्र मोसन पिक्चर्सले शनिबार सार्वजनिक गरेको हो । ‘जीवनको पाना’ नामक सो भिडियोमा मदनकृष्ण श्रेष्ठ र सरोज खनालले अभिनय गरेका छन् ।
भिडियोमा वृद्धावस्थामा पुगेका अभिनेता खनाल स्वयंले आफ्नो जीवनमा भोगेका भोगाइ र पाएको सम्मानलाई स्मरण गरेका छन् ।
अतीत सम्झाउने दृश्यमा उनी आफैँले अभिनय गरेका विभिन्न चलचित्रका गीतको फुटेजहरु, तस्बिर, अभिनयका क्रममा प्राप्त गरेका अवार्ड तथा सम्मानहरुलाई समेटेका छन् । जसले भिडियोलाई थप जीवन्त बनाएको छ ।
राजेन्द्र वाग्लेको प्रस्तुति एवं राज केसीको निर्देशन रहेको उक्त गीतको परिकल्पना अभिनेता खनालकै रहेको छ भने बामकुमार श्रेष्ठको शब्द/लय तथा सन्तोष श्रेष्ठले सङ्गीत भरेका हुन् ।
भिडियो हेर्न तलको लिंक थिच्नुहोस्
प्रतिक्रिया