चितवनमा केही वर्षदेखि चरम् रुपमा मौलाएको जग्गा खरिद बिक्रीको कारोबार ओरालो लागेको छ । जिल्लामा ह्वात्तै बढेको जग्गा प्लटिङ र बैना कारोबार अन्ततः बैंकिङ क्षेत्रको ‘क्रेडिट क्रन्च’ सँगै ठप्प बनेको हो । बैंकले जग्गा कारोबारमा ऋण लगानी नगर्ने नीति अख्तियार गरेसँगै जग्गा कारोबार ओरालो लागेको हो । जग्गाको कारोबार ठप्प भएपछि बैंकबाट ओभरड्राफ्ट लिएर प्लटिङ गर्नेहरुलाई टाउको दुखाइ बनेको…