मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेसबुकमा भाइरसले प्रयोगकर्तलाई शिकार

फेसबुकमा भाइरसले प्रयोगकर्तलाई शिकार


 फेसबुकमा केही महिनायता 'माई फर्स्ट भिडियो' को नामबाट साथीको एकाउन्बाट तपाईंलाई आइरहेको छ ।साथीहरुलाई समेत ट्याग गरेर तपाईंको म्यासेज बक्समा आएको यो भिडियोलाई क्लिक गरि हेर्न भनिएको हुन्छ । 
 
तीब्र गतिमा फैलिरहेको यो भाइरसले फेसबुकका प्रयोगकर्तलाई शिकार बनाइरहेको छ । खासमा 'माई फर्स्ट भिडियो' को नामबाट यो भाइरस भिडियो जस्तै दृश्यमा तपाईंको साथीको एकाउन्टबाट तपाईंलाई पनि म्यासेज आइरहेको हुन्छ। फेसबुक पोस्टमा तपाईंलाई समेत ट्याग गरेर पोस्ट गरिरहेको हुन्छ । 
 
 
म्यासेज बक्समा आएको यो भिडियसहितको लिंक (भाइरस) लाई तपाईंले एक क्लिक गर्नेबित्तिकै आफैं तपाईंका फेसबुक साथीको म्यासेज बक्समा पुगिसक्छ । 
 
तपाईंको एकाउन्टबाट गएको यो भाइरसलाई तपाईंका साथीले भिडियो अथवा अश्लील एमएमएसका रुपमा बुझ्न पुग्छन् । कतिपयले तत्कालै भिडियो ठानेर क्लिक गर्दा यो भाइरसको तत्काल शिकार भइजान्छन् । 
 
यो लिङ्क तपाईंको साथीको म्यासेज बक्समा गएपनि आफ्नो एकाउन्ट चलाउन, कुनै पोस्ट या फोटो हाल्न र कमेन्ट गर्न भने सक्नुहुन्छ । 
 
भाइरस पसेपछि यसलाई हटाउनका लागि तपाईंलाई फेसबुकले रिभ्यु म्यासेज पठाउनेछ । सेक्यूरिटी चेक जवाब दिएपछि तपाईंले आफ्नो सिस्टमलाई स्क्यान गरेर पुरानै अवस्थामा फेसबुक चलाउन सक्नुहुन्छ । -एजेन्सी