मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एन्ड्रोइड फोनमा एसएमएस भाइरस

एन्ड्रोइड फोनमा एसएमएस भाइरस


एन्ड्रोइड स्मार्टफोनमा एउटा यस्तो भाइरस फैलिएको छ, जसले विश्वका लाखौँ एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ता जोखिममा परेका छन् । डेनमार्कको एक अनलाइन सेक्योरिटी कम्पनीले टेक्स्ट म्यासेजद्धारा फैलिने एन्ड्रोइड मालवेयर मजर पत्ता लगाएको हो ।
 
हेम्डल कम्पनीका अनुसार ह्याकरहरुले डेनमार्कका झण्डै एक लाख स्मार्टफोनमा यस्तो भाइरसजन्य एसएमएस पठाइसकेका छन् । विश्वका अन्य देशका स्मार्टफोन प्रयोगकर्ताले यस्तो एस एम एस प्राप्त गरे नगरेको अझै थाहा हुन नसकेको कम्पनीको भनाइ छ ।
 
यस्तो मेसेज झ्वाट्ट हेर्दा जोखिमपूर्ण तथा आपत्तिजनक हुँदैन र यसमा एउटा लिंक दिइएको हुन्छ । उक्त लिंकमा क्लिक गरेसँगै त्यसले टर सफ्टवेयर डाउनलोड गर्छ र बेनामी इन्टरनेट कनेक्सन स्थापित हुन्छ ।
 
टर सफ्टवेयरबाटै भाइरस पनि आफै डाउनलोड भैसकेको हुन्छ जसका कारण उक्त भाइरस सफ्टवेयरको खास श्रोत के हो भन्ने कुरा थाहा हुँदैन । त्यसपछि ह्याकरले उक्त फोनमा सम्पूर्ण पहुँच स्थापित गर्ने, स्मार्टफोन प्रयोगकर्ताले गर्ने फोन कल तथा एसएमएस सबै थाहा पाउनुका साथै आफै एसएमएस तथा कल समेत गर्न सक्ने र फोनबाट सबै डाटा डिलिट गरिदिन पनि सक्दछन् ।
 
रोचक कुरा त के भने यो भाइरसले एन्ड्रोइड अपरेटिंग सिस्टमको रुसी भाषा छनोट गरेका स्मार्टफोनमा आक्रमण गर्दैन । त्यसैले यस्तो मोबाइल भाइरस फैलाउनुमा रुसको हात रहेको कतिपयले शंका गरेका छन् ।
 
मोबाइल सुरक्षा विज्ञले भने आफ्नो स्मार्टफोनलाई यस्तो एसएमएस भाइरसबाट जोगाउनका लागि चनाखो बन्न आग्रह गर्दै त्यस्ता एसएमएसलाई नखोल्न र डिलिट गरिहाल्न भनेका छन् ।