मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

फेसबुकले यसरी कमाउँदैछ मेसेजबाट पैसा

फेसबुकले यसरी कमाउँदैछ मेसेजबाट पैसा


फेसबुकले यसअघि नै बताइसकेको छ की ऊ आफ्ना च्याट सेवा फेसबुक मेसेन्जरबाट पैसा कमाउने बारेमा सोँचिरहेको छ । फेसबुकका सिइओ मार्क जुकरबर्गले भनिसकेका छन् की मानिस तथा बिजनेस एक अर्कालाई विज्ञापनमुक्त सन्देश पठाउन सम्भव तुल्याउने योजना फेसबुकको रहेको छ । जब मानिस तथा व्यवसायका लागि यस प्रकारको संचार सुलभ हुनेछ तब फेसबुक त्यस व्यवसायबाट पैसा कमाउने तरिका खोज्नेछ ।
 
फेसबुकको विज्ञापन सेवा सम्बन्धी कार्यकारी एन्ड्रु बोसवर्थले यस विषयको पर्दा उठाएका छन् । फेसबुकले नयाँ प्रकारको विज्ञापन शैली, क्लिक टू मेसेज सुरु गर्न लागेको खुलासा उनले गरेका छन् ।
 
यसका पछाडिको उद्धेश्य यो छ की व्यवसायीले आफ्नो कम्पनी तथा प्रडक्टका लागि विज्ञापन डिजाइन गर्नेछन् र फेसबुकले आफ्नो साइटमा तल एउटा सानो मेसेज बटन थप्नेछ । यदि कुनै व्यक्तिले उक्त विज्ञापन देख्यो र मन परेर त्यस बारेमा केही जान्न चाह्यो भने उसले मेसेज बटनमा क्लिक गरेर प्रश्न सोध्न वा टिप्पणी गर्न सक्नेछ । यस्तो प्रति क्लिकका आधारमा विज्ञापनदाता कम्पनीले फेसबुकलाई पैसा तिर्नुपर्नेछ ।
 
यस प्रकार फेसबुकले यस्तो विज्ञापन शैलीको प्रयोग गरेर मेसेन्जरमार्फत पैसा कमाउनेछ । बोसवर्थले उक्त योजना फेसबुकको अहम् रणनीतिको एक हिस्सा भएको बताएका छन् ।
 
सेप्टेम्बरको सुरुदेखि नै फेसबुकले साना व्यवसायका लागि पेज प्रडक्टमा कायापलट गरिसकेको छ । जसमा नयाँ कल टू एक्सन बटन जोडिएको छ । जसमार्फत कम्पनीले सम्भावित ग्राहकको अप्वाइन्टमेन्ट बुक गर्ने तथा प्रडक्ट हेर्नका लागि लोभ्याउन सक्छ ।