मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपालमा पनि भाइबर पब्लिक च्याट सुरु

नेपालमा पनि भाइबर पब्लिक च्याट सुरु


भाइबर पब्लिक च्याट यस्तो मोबाइल प्लाटफर्म हो जसले प्रयोगकर्ताहरुलाई सेलिब्रिटी, विभिन्न व्यक्तित्व तथा ब्राण्डलाई फलो गर्न सहज बनाउँछ । यस पब्लिक च्याटमा टेक्स्ट, फोटो, अडियो, भिडियो, स्टिकर, वेब लिंक तथा विभिन्न विशेषताहरु रहेका छन् भने भाइबारका सबैभन्दा लोकप्रिय च्याटहरु पनि पब्लिक च्याटको होम स्क्रीनमा देखिन्छन् ।
 
यसबाट प्रयोगकर्ताले सजिलै कसले च्याट गरिरहेको छ भनेर हेर्न  र व्यक्तिगत च्याट लिंकबाट सिधै च्याट पनि गर्न सक्छन् । विभिन्न ब्राण्ड तथा संस्थाहरुको लागि पनि आफ्ना टिम, सहकर्मी तथा पार्टनरहरुलाई परिचित गराउन पनि पब्लिक च्याट प्रमुख प्लाटफर्म हुनेछ ।
 
हाल पब्लिक च्याटमा माल्भिका सुब्बा, प्रियंका कार्की, रिचा शर्मा, नग्मा श्रेष्ठ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टरार्इ जस्ता व्यक्तित्वहरु चर्चित पनि भइसकेका छन् । यसबाट प्रयोगकर्ताहरुले आफूले मन पराएका सेलिब्रेटी वा व्यक्तित्वहरुको बारेमा विभिन्न कुराहरु थाहा पाउन सक्छन् ।