मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको टेक्ससमा मुन्द्रे, शीला, बद्री, निरु र मनोज संगै “दशैँ सांस्कृतिक साँझ” सम्पन्न (फोटो फिचर )

अमेरिकाको टेक्ससमा मुन्द्रे, शीला, बद्री, निरु र मनोज संगै “दशैँ सांस्कृतिक साँझ” सम्पन्न (फोटो फिचर )


हिमालय खबर, टेक्सस I नेपाली समाज टेक्सासको (NST) आयोजनामा 'बडा दशै २०७२' को शुभ उपलक्ष्यमा गत अक्टोबर १७ शनिवारका दिन टेक्सासको ड्यालसमा "दशैँ सांस्कृतिक साँझ" भव्य कार्यक्रमको आयोजना गरियो। 
 
नेपाली समाज टेक्सासका महासचिव विजयराज भट्टराईले औपचारिक शुरुवात गर्नु भएको उक्त कार्यक्रम को पछिल्लो संचालन बुद्धि रेग्मी ले तथा समन्वय NST का तर्फबाट सुमन कार्कीले गर्नु भएको थियो। कार्यक्रममा समाजकै इभेन्ट उपाध्यक्ष यमुना भट्टराईले स्वागत मन्तब्य तथा अध्यक्ष भुवन आचार्यले धन्यबाद ज्ञापन गर्नुभयो। 
 
कार्यक्रममा जितु नेपाल (मुन्द्रे), शीला आले, बद्री पंगेनी, निरु खड्का, मनोज ढकाल तथा स्थानीय कलाकारहरु यशोधा अधिकारी, सृष्टि तथा टिमले समुह  नृत्य गरेका थिए। कार्यक्रम ३ घण्टा १५ मिनेटको स्टेज कार्यक्रम रहको थियो जसमा ३० मिनेट मात्र NST तथा स्थानीय कार्यक्रम रहेको थियो।
 
कार्यक्रममा तोकिएको समय भन्दा निकै ढीला शुरु भएको, दशैँ डिनर ६:३० बजे भनेर झन्डै ७:३० बजे शुरु गरिएकोले अलिक खल्लो मानेका दर्शकहरु  कलाकारहरुको जोडदार प्रस्तुतीले मन्त्रमुग्ध भएर रमाए। 
 
पहिला पहिला जस्तो कार्यक्रमको प्रचार प्रसार नभएकोले धेरैले कार्यक्रमको जानकारी नै नपाएको हिमालय खबर संग बताए । नेपाली समाजको औपचारिक वेबसाइटमा नै यत्रो ठूलो कार्यक्रमको जानकारी नराखिनुले साच्चिनै कार्यक्रमको बारेमा धेरै असमन्जसमा परेको र यो आयोजकको ठुलै कमजोरी रहेको कारण दर्शक घटेको सहज प्रतिक्रिया धेरैको थियो।
 
स्थानीय समाजसेवी टिका पौडेलले "एनएसटिका पदाधिकारीहरुको अनुत्तरदायी व्यवहार देखेर आफु खिन्न भएको बताउनु भयो I अनुभव बढ्दै जादा कमी कमजोरीहरु हट्दै जानु पर्नेमा यहाँ त उल्टो भईरहेछ" भन्दै पौडेलले राष्ट्रिय स्तरका कलाकारहरुको कार्यक्रमको समुचित प्रचार प्रसार हुन नसक्नु, कार्यक्रमको तैयारी व्यवस्थित गर्ने नसक्नु साढे दुई  घन्टासम्म कुरेर बसेका दर्शकहरुलाई आश्वस्त पार्ने नसक्नुका कारणले त्यति राम्रो कार्यक्रम हुदाहुदै पनि खल्लो लाग्न गयो भन्नु भयो I नत्र भने एनएसटिको "दशैँ सांस्कृतिक साँझ" जस्तो कार्यक्रममा ४००को हाराहारीमा मात्र दर्शक हुनुको कारण के हो भन्ने प्रश्न गर्दै आगामी दिनहरुमा सहज हुन उहाले आग्रह गर्नु भयो I कार्यक्रममा  गायिका आले संग  पौडेलले दोहोरी गीत गाउदै   " भेट भयो ड्यालसको मेलामा …परो शिला बाहुनको फेलामा" जस्ता गीत गाएर  मनोरंजन लिएको  बताउनु भयो I 
 
ख्यातिप्राक्त हास्से कलाकार जितु नेपाल र लोक गायक बद्री पंगेनीले हिमालय खबर संगको कुराकानीमा अमेरिका २२ वटा बिभिन्न सहरमा कार्यक्रम लिएर आएको र ड्यालस टेक्सासको यो १४ औ कार्यक्रम भएको बताउनु भयो। अब ८ वटा कार्यक्रम प्रस्तुत गर्न बाकी रहेको र नोवेम्बेर १ मा अन्तिम कार्यक्रम बाल्टिमोरमा गरिने बताए। आगामी नोवेम्बेर ५ सबै कलाकार नेपाल फर्किदै छन्। 
 
ड्यालसको कार्यक्रमको बारेमा जिज्ञासा राख्दा उनीहरुले कार्यक्रम समय भन्दा अलि ढिलो भएकोको दर्शक र हामी कलाकार हरुलाई अलि कठिनाई भएको बताए। कार्यक्रम सकिय पछि हिजो र आज आफूहरु संग भेटन धेरै जना आउनुभएको र कार्यक्रमको बारेमा थाहा नै नभएको  गुनासो सुनाएको बताए । कलाकारहरुले थपे हामी कलाकार हो हाम्रो काम भनेको टिकेट काटेर आउने दर्शकलाई भरिपूर्ण मनोरंजन दिने हो दर्शक जम्मा गर्ने काम आयोजकको हो । समग्रमा कार्यक्रम सफल भएको, ड्यालसको बसाई मनोरन्जनपूर्ण भएको अनुभव उनीहरुले सुनाए। तस्बिर: संजय मुखिया / टेक्सस नेपाल 
 
हिमालय खबरको फेसबुक, ट्वीटर, र युट्युबमा जोडिनुस् ।