बिश्व घटना

अमेरिकामा दशैको टीकाको साइत आज विहान १०ः४५ बजे

अमेरिकामा दशैको टीकाको साइत आज विहान १०ः४५ बजे


हिमालय खबर, अमेरिका I असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ । दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ । यस पटकको दशैको शुभकामना भने सोसल मेडिया मा पनि धेरै जशो नेपालको इन्धन आपूर्ति संग नै गासिएको पाइयो।  
 
अमेरिका लगायत संसार भर बाट नेपालको झन्डै ५० प्रतिशत भन्दा बढी हवाई यातायात इन्धनको कारणले प्रभावित भएको छ यस पटकको दशैँ। प्रबाशी नेपालीहरु काटेका टिकट अनुसार समयमा गन्तव्यमा पुग्न नपाएको जानकारीहरु आइरहेका छन। यी अभाव का माझ असुविधा झेल्दै नेपालीहरु यतिखेर आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी पर्व मनाइँदैछ । 
 
नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ । 
 
यहि क्रममा नेपालीहरु द्वारा निर्मित 'नेपाली मन्दिर' टेक्ससमा पनि घटस्थापना देखि जमरा राखी नित्य चण्डी पाठ गरि आज  बिहान बिसर्जन गर्ने कार्यक्रम  रहेको जानकारी मन्दिरका  गुरु डा शेखर पण्डितले  दिनुभयो। 
 
गुरु पण्डितका अनुसार यस वर्ष महानवमी र दशमी (विजयादशमी) एकै दिन परेको छ । यस वर्ष विहान  टिकाको लागि साईत इस्टर्न स्ट्याण्डर टाईम अनुसार  (अक्टोवर २२) विहान १०ः४५ बजेदेखि ११ः१५ बजेसम्म उत्तम रहेको टेक्सासको ड्यालस्थित नेपाली मन्दिरका  पण्डित डा.शेखर पण्डितले जानकारी दिनुभयो । 

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares