मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाज टेक्सासको अध्यक्ष पदमा मेरो उमेद्वारीको घोषणा: विजय राज भट्टराई

नेपाली समाज टेक्सासको अध्यक्ष पदमा मेरो उमेद्वारीको घोषणा: विजय राज भट्टराई


"नैतिकता, योग्यता – क्षमता र लगनशीलताको कदर गरौ; मन, बचन र कर्मले समाज सेवामा समर्पित हुनेलाई अघि बढन प्रेरित गरौ  "
 
आदरणिय दाजु-भाई तथा दिदि-बहिनीहरु,
सादर नमस्कार !
 
आज हामी अनेकौ चुनौतीहरूको सामना गर्दै सन् १९९८ मा गठित नेपाली समाज टेक्सास (NST) को नवौ कार्यकारिणी समितिको छनौटको संघारमा उभिएका छौ । सामाजिक संघ संस्थाको नाममा अमेरिकामा रहेका हजारौं नेपाली संस्थाहरूको बिचमा हाम्रो उपस्थिती अग्र पंगति मा छ र यसलाई अझ सक्षम र सबल बनाउने चुनौती पूर्ण नेतृत्व को आबश्यकता हामी सामु छ।  
 
हामी २१ सौ शताब्दीको अमेरिकामा छौ। समयानुकुल संस्था अघि बढाउनु र बढाउन सक्ने नेतृत्व चुन्नु यी जिम्मेवारी फेरी हाम्रो काँधमा आएको छ। नेपाली भाषा, संस्कृतिको रक्षा, सामाजिक एकताको अपरिहार्यता, हाम्रा भविष्यका कर्णधार बालबालिका का लागि बिशेष कार्यक्रम, समाजका हरेक वर्ग- बिद्यार्थी, ब्यापारी, प्राबिधिक तथा विभिन्न पेशामा रहनु भएका दाजु-भाई, दिदि-बहिनि तथा आमा बुवा सबैलाई समेट्ने कार्यक्रम, लगनशिलता पूर्बक कार्यक्रमको कार्यान्वायन गर्न सक्ने नेतृत्व को छनौट आजको आबश्यकता हो।
 
समाज संचालन को प्रमुख आधार सामाजिक बिश्वास हो। छुरा बोकेको हजाम सामू हामी निसंकोच घाटी निहुराउछौ। यसको आधार बिश्वास नै हो। जब कुनै पनि समाज को नेतृत्व मा रहेकाहरुले भद्र सहमति तोड्छन अनि समाज अराजक बन्छ र गलत बाटो लाग्दछ र पुरानै ठाउमा फर्कन पनि लामो समय कुर्नु पर्ने हुन्छ। त्यसले समाज संचालन मा विचार पूर्बक बोल्नु, बोलीमा अडिक रहनु, सामाजिक सद्भाब, सामुहिक नेत्रित्व र एकताबद्ध समाज को विकास गर्ने नेतृत्व नै आज हाम्रो आबस्यक्ता हो। 
 
ब्यक्तिगत दम्भ र घमण्डको शिकारबाट हामी जोगिनु पर्दछ, आफूलाई मात्र बिकल्प देख्ने दृस्टी सच्याउनु पर्छ। अराजकता, मोह, पदलोलुपता, ब्यक्तिगत स्वार्थ समाज सेवाका अपराजित दुश्मन हुन, शदियौ देखि धेरै मान्छेहरू यिनीहरू बाटै शर्मनाक रुपमा शिकार भैरहेका छन। 
 
समाज सेवालाई  मुलमन्त्र र आदर्श ठान्ने हाम्रो लक्ष हो। यस्तो लक्ष्यको समाजिक परिकल्पनाको पूर्ति हामी योग्य, नैतिकवान, लगनशिल र कर्मठ नेत्रित्व बिना प्राप्तिमा पुग्न सक्दैनौ। हरहालत र अनेकौ हत्कण्डा प्रयोग गर्दै  नेत्रित्व प्राप्तिलाई मात्र अन्तिम लडाइ मानियो भने पनि हामी हाम्रो लक्ष प्राप्तीको दिशामा अग्रसर हुन सक्दैनौ। 
 
सातौ कार्यकारिणी समितिको उप-महासचिब मा मेरो भूमिका र त्यसबाट समाजका सबै अग्रजहरु / मान्यजनहरु / भाई बैनीहरु बाट पाएको प्रसंसा र मायाले मलाई अझ बढी सामाजिक सेवामा दत्त चित्त हुन प्रेरित गरेको थियो। यिनै कुराहरूलाई मध्यनजर गर्दै NST को आठौ कार्यकारिणी समितिको अध्यक्षको प्रत्यासीको रुपमा आफूलाई उभ्याएको थिए।
 
छलफलका क्रममा समाज का धेरै अग्रजहरु ले आठौ कार्यकारिणी समितिमा अध्यक्षका निमित्त तत्कालिन महासचिब लाई अध्यक्ष पद छोडी, आठौ कार्यकारिणी समितिमा अन्य जिम्मेवारीको सुझाब दिदै नवौ कार्यकारिणी समितिमा सबैले मिलेर मेरो नेतृत्वको पक्षमा लाग्ने बचन दिनु भए अनुसार अग्रज समाजसेवीहरुको भावना को कदर गर्दै म दुइ बर्ष अघि अध्यक्ष को पदबाट फिर्ता भएको कुरा जग जाहेर नै छ। 
 
आठौ कार्यसमितिमा महासचिब को भूमिका मा रही मैले मेरो बिबेक तथा सबै को सुझाब अनुसार कार्य सम्पादन गरिरहेको कुरा सबैका सामु छर्लंग नै छ। तसर्थ मेरो यस संस्था संगको लामो अनुभव लाई अझ परिस्कृत गर्दै, सम्पूर्ण अग्रजहरुको दुइ बर्ष अघिको बाचामा बन्धित हुँदै, समाजका सम्पूर्ण शुभचिन्तक आदरणिय दाजु-भाई तथा दिदि-बहिनीहरु को सुझाब, सल्लाह अनुसार आगामी नबौ कार्यकारिणी समितिको मा अध्यक्ष पदमा उमेद्वारी दिने निर्णय गरेको छू । 
 
यस संस्थाले निर्दिष्ट गरेका उदेश्य र लक्ष्य प्राप्तिका दिशामा आफूलाई सधा झै उभ्याउने प्रण गर्दछु। सामुहिक भाबना र कुशल नेत्रित्व मेरा आदर्श हुनेछन् । यहाहरु सबैको सुझाब को पूर्ण अपेक्षा गर्दछु। 
 
बिजया दशमी, शुभ दिपावली तथा छठ को यहाहरु सबैमा हार्दिक शुभकामना !
 
धन्यबाद,
विजय राज भट्टराई 
कोपेल, टेक्सास
६८२-४३३-३९४७                                                                                 यो पनि पद्नु होला