मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको क्यालिफोर्नियामा हुने बृहत् वनभोजको सम्पूर्ण तयारी पूरा

अमेरिकाको क्यालिफोर्नियामा हुने बृहत् वनभोजको सम्पूर्ण तयारी पूरा


क्यालिफोर्निया, नेपाली जन सम्पर्क समिति अमेरिका, नर्दन क्यालिफोर्निया च्याप्टरको आयोजनामा हुन गइरहेको सम्पूर्ण तयारी भईसकेको वनभोज तयारी समितिको संयोजक तथा च्याप्टर उपसभापती लक्ष्मी कार्कीले बताउनु भएको छ। राष्ट्रियता, लोकतन्त्र र समाजवादमा आस्था राख्ने प्रवासमा रहेका नेपालीहरूको महत्वपूर्ण सस्था रूपमा प्रतिष्ठित सो सस्थाको वर्तमान अध्यक्ष आनन्द बिस्टको नेतृत्वमा अमेरिकाभर फैली रहेको छ । अमेरिकामा रहेका नेपालीहरूको सर्वाधिक प्रभावशाली सस्थामा विकास भएको सो सस्थाको २५ भन्दा धेरै औपचारिक च्याप्टर गठन भईसकेको र अन्य च्याप्टरहरुको पनि धमाधम गठन भइरहेको पर्यवेक्षकहरुले बताएका छन्।
 
२००० भन्दा बढी सदस्य भएको अमेरिकामा नै ठुलो च्याप्टर नेपाली जन सम्पर्क समिति अमेरिका, नर्दन क्यालिफोर्निया च्याप्टरको सो वनभोज आसन्न दसैँ तिहारको शुभकामना आदान प्रदान गर्न गरिएको कुरा सो च्याप्टरका सभापति पूर्ण शेर्पाले बताएका छन् । “सामाजिक सद्भाव र नेपाली एकताको लागि” भन्ने मूल नाराकासाथ सम्पन्न हुन लागि रहेको उक्त बनभोज निःशुल्क रहने कुरा बताइएको छ। नेपालमा प्राकृतिक, आन्तरिक र बाह्य शक्तिहरुबाट पीडित नेपाली समाजकोलागि सो वनभोज निकै सान्दर्भिक र फलदायी हुने च्याप्टरका पूर्व सभापति तथा समाजसेवी विनोद भट्टले बताउनु भयो। च्याप्टर महासचिव हरि भट्टले जानकारी दिए अनुसार नेपाली जन सम्पर्क समिति अमेरिकाका केन्द्रीय सभापति आनन्द विष्ट लगायत विभिन्न राज्यहरुबाट प्रतिनिधित्व गर्न पत्र व्यवहार भई सकेको र व्यापक सहभागिता रहने कुरा जानकारीमा आएको छ । एनएएनसिका निवर्तमान अध्यक्ष तथा पश्चिम अमेरिका नेपाली महासंघ WANA का अध्यक्ष उत्तम कार्कीले यो कार्यक्रम जुन सुकै सस्थाले गरेको भए पनि अहिलेको समवेदनशिल पारीप्रेक्षमा सबैले साथ दिनपर्ने बताउँदै सबै सङ्घ सस्था, बुद्धिजीवी, व्यापारी र विद्यार्थी र पत्रकारहरुलाई सहयोगको लागि आव्हान गर्नु भएको छ ।
 
सो वनभोजको प्रचार प्रसारमा सबै मिडियाहरुले गरिरहेका र आयोजक समितिले सस्थाको आन्तरिक श्रोतबाट कोष सङ्कलन गर्न संयोजक लक्ष्मी कार्कीको नाममा खाता खोलिएको छ।
 
बनभोज सम्बन्धी थप जानकारी निम्न रहेका छन्:
मिति: अक्टोबर ३१, २०१५ (शनिवार)
समय बिहान ११ बजे देखी बेलुका ७ बजे सम्म
स्थान: 
Lake Chabot National Park
17600 Lake Chabbot Road Castro Valley CA 94546