मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालीे घरद्धारा दुई बिद्यार्थीलाई छात्रवृती दिने निर्णय

नेपालीे घरद्धारा दुई बिद्यार्थीलाई छात्रवृती दिने निर्णय


कोलोराडो (अमेरीका) मार्च १२, २०१६ – कोलोराडोमा सकृय सामाजीक संस्था नेपाली घरले हरेक बर्ष १२ कक्षा पासगरि कलेज जाने जेहन्दार दुई जना छात्र छात्राहरुलाई  एक एक हजारका दरले छात्रबृती दिने निर्णय गरेको छ । शुक्रबार सम्पन्न संस्थाको बैठकले कोलोराडोमा बसोबास गर्ने नेपाली समुदायका छात्र छात्राहरुलाई उनीहरुको सफल भविश्यको सुभकामना सहित प्रोत्साहन स्वरुप उक्त सहयोग गर्ने निर्णय गरेको हो ।
 
अमेरीकी कल्चरमा हुर्कदैै गरेका भावी पुस्तामा नेपाली संस्कृतीको जगेर्ना गराउन तथा उनीहरुलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन यस्तो निर्णय गरिएको बताईएको छ । यहा“ जन्मे हुर्केका बाल बलीकाहरु माझ आगामी दिनमा यस्ता कार्यक्रमहरु अघि नसारे नेपाली भाषा संस्कृती जोगाउन कठिन हुने अवस्था आएको भन्दै यस्ता कार्यक्रमले केही हद सम्म बाल बलीका र तिनीहरुको परिवारलाई नेपाली समुदाय तर्फ आकर्षित गराउने संस्थाका अध्यक्ष योगराज गौतमले बताएका छन् ।
 
के कस्ता विधी प्रक्रियाबाट छात्र छात्राहरु छनौट गर्ने, यो कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने, कार्यक्रमलाई कसरी निरन्तरता दिने, छात्रबृती दिने श्रोत कसरी जुटाउने, यि सबै जिम्मबारी बहनको लागी संस्थाको आगामी बैठकमा विशेष 
 
समिती गठन गरि उक्त समितीलाई जिम्मा दिने गौतमले बताएका छन् ।  उनले नेपाली घर निर्माण गर्न संकलन गरिएको कोषको रकम यस कार्यको लागि खर्च नगरिने प्रतिबद्धता समेत गरेका छन् । नेपालीहरुको भेष भुषा, भाषा संस्कृती, रिती स्थिती चाल चलन सबै झल्कने एक नेपाली घरको निर्माणार्थ कृयासिल यस संस्थाले आºनो संस्कृती संरक्षणको लागी बेला बेलामा  विभिन्न सा“स्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।