मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजाको टेक्ससमा हुने भेलाको तयारी पूरा

नेजाको टेक्ससमा हुने भेलाको तयारी पूरा


ड्यालस (अमेरिका)– नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आगामी अधिवेशनलाई मध्यनजर गर्दे  मध्य–अमेरिकी क्षेत्रका सदस्यहरु वीच अन्तरक्रिया  कार्यक्रम गर्ने भएको छ । आगामी मार्च १९ तारिखको दिन ड्यालसमा हुने उक्त कार्यक्रमको तयारी पूरा भएको नेजाका क्षेत्रीय उपाध्यक्ष विकासराज न्यौपानेले जानकारी दिनु भएको छ । 
 
उक्त कार्यक्रममा नेजाको आगामी मे महिनामा हुन लागेको अधिवेशन तथा सदस्यता विस्तारको विषयमा छलफल गर्न क्षेत्रीय भेला आयोजना गर्न लागिएको हो । नेजाका कोषाध्यक्ष बिटु केसी बरालले अमेरिकाको मध्यक्षेत्रमा कार्यरत नेपाली पत्रकारहरुलाई सदस्यता लिन तथा नविकरण गर्न आह्वान गर्नुभएको छ ।
 
‘कोही पनि सकृय साथीहरु नछुटुन् भन्ने हाम्रो अपेक्षा छ, यो संस्थालाई सबैको साझा बनाउने हाम्रो अभियान हो,’ उहाँले भन्नुभयो । शनिबारको भेलामा नेजा अध्यक्ष गौतम लगायतका पदाधिकारीको समेत सहभागिता रहनेछ ।
 
‘भेलामा अमेरिकाको टेक्सास, ओक्लाहोमा, कोलोराडो लगायत राज्यमा कार्यरत नेपाली पत्रकारहरुको समेत सहभागिता रहनेछ,’ बरालले भन्नुभयो ।  इर्विंग शहर ड्यालसको डिएफ्डब्ल्यू एअरपोर्ट होटलमा साँझ ७ बजेदेखि सुरु हुनेछ ।
 
यस अगाडि नेजाले न्यूयोर्क, भर्जिनिया, लसएञ्जेलसमा यस्तै अन्तरक्रिया सम्पन्न गरिसकेको छ । नेपाल अमेरिका पत्रकार संघले पछिल्ला दुई वर्षमा समुदायमा केन्द्रित विविध कार्यक्रममा अग्रणी भूमिका निर्वाह गर्दे आएको छ । यस पटकको अधिवेशनले २०१६-२०१८ को लागि नयाँ कार्यसमितिको समेत चयन गर्ने छ ।