मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लस एञ्जलसमा नेजाको सामुदायिक अन्तरक्रिया

लस एञ्जलसमा नेजाको सामुदायिक अन्तरक्रिया


लस एञ्जलस,अमेरिका,मार्च ९ | अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ-नेजाको पाँचौं अधिवेशनको तयारी तीव्र रुपमा जारी छ | नेजाको पाँचौं अधिवेशन आगामी मे महिनाको ७ र ८ तारिख लस एञ्जलसमा हुन लागेको अधिवेशन तयारी समितिका संयोजक समेत रहेका नेजाका सचिव सुदीप पन्तले जानकारी दिनु भएको छ |
 
हाल नेजाले अप्रिल तीन तारिखसम्म म्याद राखी अधिवेशनमा सहभागिताका लागि सदस्यता वितरण र नवीकरणको कार्य जारी राखेको छ | यसैगरी नेजाले आफ्नो द्वैवार्षिक प्रकाशन'प्रयास' समेत यो अधिवेशनको अवसर पारेर प्रकाशन गर्दैछ | यस वर्ष नेजाले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको नेजा ग्रामीण पत्रकारिता पुरस्कार समेत प्रदान गर्दैछ | पुरस्कारको राशी एक लाख एघार हजार एक सय एघार रुपैयाँ रहेको छ | 
 
यसैबीच नेजाले अधिवेशनस्थल लस एञ्जलसमा अधिवेशनको तयारी र नेजाका गतिविधिका बारे समुदायका सदस्यहरुसंग छलफल गर्न लागेको छ | आगामी शनिवार स्थानीय समय अनुसार साँझ ८ बजे स्थानीय नेपाल अमेरिका एकता समाजको कार्यालयमा यस्तो छलफल र अन्तरक्रिया कार्यक्रम गर्न लागेको सचिव सुदीप पन्तले प्रेषित गर्नु भएको समाचारमा उल्लेख छ | सहभागिताका लागि आफुहरुले स्थानीय समुदायका सबै सदस्यहरुलाई आमन्त्रण गरिरहेको कार्यक्रम व्यवस्थापनमा खटिरहनु भएका नेजाका सदस्य अग्नी चौलागाईले जनाउनु भएको छ |कार्यक्रममा सहभागी हुन बाल्टिमोरमा रहनु भएका नेजाका अध्यक्ष गौतम दाहाल समेत लस एञ्जलस आउनु हुने समेत पन्तले जनाउनु भएको छ | 
 
लस एञ्जलसमा हुने कार्यक्रम सम्बन्धी सूचना यस्तो छ : 
 
यस नेपाल अमेरिका पत्रकार संघ-नेजाको आगामी मे ७-८ मा लस एञ्जलसमा हुन लागेको पाँचौं अधिवेशनको सन्दर्भ एब पत्रकारिता र सामाजिक दायित्व विषयमा एक छलफल कार्यक्रम राखिएको छ | तसर्थ समुदायका सबै सदस्य एवं नेजाका शुभेच्छुक र सदस्य साथीहरूलाई निम्न स्थान र मितिमा सहभागी भैदिनु हुन हार्दिक अनुरोध गर्दछौ । उक्त कार्यक्रममा नेपाल अमेरिका पत्रकार सङ्घ नेजाका अध्यक्ष गौतम दाहाल समेत उपस्थित हुनुहुनेछ | 
 
स्थान:-नेपाल अमेरिका एकता समाजको कार्यालय
 
17127 Pioneer Blvd, Artesia, CA 90701 
 
मिति – १२ मार्च २०१६, शनिवार 
 
समय:-बेलुका ८.०० बजे
 
नेजा पाँचौं अधिबेशन तयारी समितिको तर्फबाट 
 
सुदिप पन्त 
 
अग्नी चौलागाईं
……………………………………………………………………………………………………………………….