मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लस एञ्जलसको समुदायका माझ नेजा

लस एञ्जलसको समुदायका माझ नेजा


लस एञ्जलस,अमेरिका, मार्च १३ | नेपाल अमेरिका पत्रकार संघ-नेजाको आसन्न पाँचौं अधिवेशनको तयारीका बारेमा स्थानीय समुदायका अगुवा प्रतिनिधिहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ | शनिवार साँझ स्थानीय नेपाल अमेरिका एकता समाजको कार्यालयमा भएको छलफलमा सहभागी समुदायका अगुवा प्रतिनिधिहरुले अमेरिकाभरका नेपाली पत्रकारहरुलाई आफ्नो समुदायमा स्वागत गर्न आफुहरु प्रतीक्षारत रहेको भन्दै समुदायमा पत्रकारको भूमिकाका बारे समेत चर्चा गरेका थिए | 
 
सामुदायिक छलफलमा प्रमूख अतिथि एवं अवैतनिक वाणिज्यदूत ऋषी ढकालले नेपाली समुदायले गरेका राम्रा कार्यहरुलाई प्रोत्साहन गर्न संचारकर्मीले ध्यान पु-याउनु पर्ने सुझाव दिनुभयो |'नेपाली समुदायको प्रवर्द्धन गर्ने काममा तपाईं संचारकर्मीहरु लाग्नुस्,समुदायमा भएका कमी कमजोरीका बारे खबरदारी गर्नुस्' वाणिज्यदूत ढकालले आफ्नो सुझाव प्रस्तुत गर्दै भन्नुभयो | लस एञ्जलसमा हुने नेजाको आसन्न अधिवेशन सफल बनाउन लस एञ्जलसवासीहरुले आवश्यक सहयोग गर्ने समेत वाणिज्यदूत ढकालले बताउनु भयो | 
 
छलफल कार्यक्रमको सभापतित्व गरिरहेका नेजाका अध्यक्ष गौतम दाहालले नेजाका गतिविधिका बारे प्रकाश पार्दै आगामी मे ७-८ मा लस एञ्जलसमा संस्थाको पाँचौं अधिवेशनका लागि आफुहरुले तयारी गरिरहेको जानकारी गराउनु भयो | 'हामी हाम्रो अधिवेशन लिएर पहिलोपटक तपाईंहरुका बीच आउदैछौं | तसर्थ हाम्रो अधिवेशनलाई समुदायका तर्फबाट तपाईंहरुले सहयोग गरिदिनु हुनेछ भन्ने अपेक्षाका साथ आज तपाईंहरुसंग छलफल गर्दैछौं' अध्यक्ष दाहालले कार्यक्रमको उद्देश्य बारे प्रष्ट पार्दै भने | विशेष अतिथि रहेका एनआरएन आइसीसी सदस्य दिलबहादुर श्रेष्ठले पत्रकारहरुको अधिवेशन सफल बनाउन आफुहरुले सक्दो सहयोग गर्ने बताउनु भयो | 
नेजा पाँचौं अधिवेशन आयोजक समितिका संयोजक एवं कार्य समितिका सचिव सुदीप पन्तले अधिवेशनका लागि हालसम्म भैरहेका तयारी बारे जानकारी गराउदै समुदायको साथ र सहयोग निरन्तर रहिरहने विश्वास व्यक्त गर्नु भयो |
 
कार्यक्रममा एनआरएन अमेरिका र नेपाली जनसम्पर्क समिति,अमेरिकाका समेत सल्लाहकार रहनु भएका स्थानीय अग्रज मुकुन्द ढुंगानाले नेजाको अधिवेशन सफल बनाउन आफुहरुले हरतरहले सहायोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो | यसैगरी अमेरिका नेपाल एकता समाजका अध्यक्ष एवं नेजाका सदस्य सूर्य प्रसाई,श्री पशुपतिनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापा,एनआरएन आइसीसीका पूर्व सदस्य राजेन्द्र शिवाकोटी,नेजाका सदस्य समेत रहेका नेपाल चेम्वर अफ कमर्शका उपाध्यक्ष राम लामा लगायत सहभागी सबैले पत्रकारहरुको अधिवेशन लस एञ्जलसमा ल्याएकोमा खुशी व्यक्त गर्दै सहयोग गर्ने भनाई व्यक्त गरे | 
 
छलफल कार्यक्रममा नेजाका कार्यकारी सदस्य अग्नी चौलागाई,एनआरएन अमेरिकाका पूर्व सल्लाहकार कृष्ण कोइराला,नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमूख गोकुल ढकाल,प्रवासी नेपाली एकता समाज,क्यालिफोर्निया च्याप्टरका अध्यक्ष बिजय कटुवाल,व्यवसायी एवं समाजसेवी अनिल केसी,अन्तरराष्ट्रिय नेपाली साहित्य समाज,लस एन्जलस च्याप्टरका अध्यक्ष शान्तिराम ढकाल,अग्रज समाजसेवी देवी बाँस्कोटा,अमेरिका नेपाल सोसाइटीका एकदेव शर्मा तथा कर्ण चन्द,बौद्धिक संसार शैक्षिक प्रतिष्ठानका अध्यक्ष बलराम थापा,नेपाली जनसम्पर्क समिति,लस एन्जलस च्याप्टरका उपाध्यक्षद्वय रेख उप्रेती र शम्भु दवाडी,महासचिव गङ्गा बस्नेत,चलचित्र निर्देशक हिमग्याप लामा,स्थानीय सक्रिय युवा विश्व सुवेदी,दर्शन शाख:,एकता समाजकी पूर्व अध्यक्ष एवं एनडब्ल्युजीएन लस एञ्जलस च्याप्टरकी अध्यक्ष शारदा श्रेष्ठ,एकता समाजका चन्द्र शिवाकोटी,स्थानीय व्यवसायी सुरेन्द्र सापकोटा,नेवा अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरका निवर्तमान अध्यक्ष दिलबहादुर श्रेष्ठ,संचारकर्मीहरु सुदर्शन ओली,राजेन्द्र राजभण्डारी समन,उपेन्द्र सापकोटा,शंकर वाग्लेलगायतका समुदायका अगुवा एवं संचारकर्मीहरु सहभागी थिए |