मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा उच्च सुरक्षा सतर्कता

ड्यालसमा उच्च सुरक्षा सतर्कता


हिमालय खबर संवाददाता – 
ड्यालस (अमेरिका)– विहीबारदेखि अशान्त हुन पुगेको अमेरिकाको दक्षिणी राज्य टेक्ससको शहर ड्यालस शनिबार फेरि केही समय निकै तनावपूर्ण हुनपुग्यो। शनिबार ड्यालस प्रहरीलाई अज्ञात सन्देश मार्फत प्रहरीमाथि आक्रमणको धम्की आएपछि थप उच्च सतर्कता अपनाइएको सञ्चारमाध्यमहरुले जनाएका छन्। 
 
ड्यालस प्रहरीलाई शनिबार साँझ धम्की आएपछि झण्डै डेढघण्टासम्म अनुसन्धान गरिएको थियो। ड्यालस प्रहरीको मुख्यालयदेखि लिएर गाडी पार्किङ क्षेत्रमा समेत अन्य शंकास्पद स्थानमा व्यापक 'सर्च' गरिएको थियो। कुनै पनि शंकास्पद वस्तु र मानिस फेला नपरेपछि जनजीवन सामान्य रुपमा फर्केको छ। यद्यपी प्रहरीले शहरैभरि उच्च सतर्कता भने बढाएको छ।  
 
विहीबार अश्वेत अमेरिकनहरुले निकालेको र्‍याली र त्यसपछि प्रहरीमाथि अन्धाधुन्द गोली प्रहार हुँदा पाँच प्रहरीको निधन भएको थियो। उक्त घटनापछि ड्यालसभरि उच्च सतर्कता अपनाइएको छ।  ड्यालस ठूलो संख्यामा नेपालीहरु रहेको अमेरिकी शहर हो। यो घटनामा कोही पनि नेपालीहरु प्रभावित भने भएका छैनन्।