मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लसएन्जलसमा नेपाली एकता समाजको सकृयता धुर्मुस सुन्तली फाउण्डेसनलाइ डेढ लाख सहयोग

लसएन्जलसमा नेपाली एकता समाजको सकृयता धुर्मुस सुन्तली फाउण्डेसनलाइ डेढ लाख सहयोग


हिमालय खबर संबाददाता –
लसएन्जलस (अमेरिका) । नेपाल अमेरिका एकता समाज लसएञ्जलसले नेपाल स्थित धुर्मुस सुन्तली फाउन्डेसनलाइ झन्डै डेढ लाख नेपाली रुपैया आर्थिक सहयोग गरेको छ l 
 
संस्थाका अनुसार नेपालमा गत वर्षको भुकम्पमा परि घरवार गुमाउने पीडितका बासको निम्ति सिन्धुपाल्चोकको गिरानचौरमा सुन्तली धुर्मुस फाउन्डेसनले निर्माण गर्न लागेको एकीकृत बस्ति विकास कार्यक्रमलाई सो रकम सहयोग गरिएको हो । संस्थाका अध्यक्ष सुर्य प्रसाईले गतवर्ष आफ्नै ब्यापारिक केन्द्रमा सहयोग बापत संकलन गर्नु भएको रकम र उहाँ मार्फत हाल रोलेंड हाईट लस एञ्जलस निवासी शुभचिन्तक नम्रता रावल तथा मोतिसारा बिष्ट परिवारले गर्नु भएको सहयोग रकम समेत गरि एकमुष्ठ रकम एकहजार दुइसय ५० अमेरिकी डलर मध्ये नेपाल पठाउने खर्च कटाएर जम्मा हुने एकहजार दुइसय ३२ डलर धुर्मुस सुन्तली फाउन्डेसनलाइ सहयोग गर्ने निर्णय समाजको जुलाइ ५ तारिकको बैठकले गरेको छ । 
 
संस्थाकी महासचिब डोल्मा लामाबाट जारी प्रेस बुलेटिनका अनुसार सो मानवीय सहयोग कार्यका लागि नेपाल अमेरिका एकता समाज संस्थाका अध्यक्ष सुर्य प्रसाई, नम्रता रावल तथा मोतिसारा बिष्ट परिवार प्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ l 
 
साथै नेपाल अमेरिका एकता समाजले भुकम्पपीडितहरुका लागि सिन्धुपाल्चोक स्थित गिरानचौर एकीकृत बस्ति बिकास कार्यक्रममा थप सहयोगका लागि धुर्मुस सुन्तली फाउन्डेसन् लाई सहयोग गर्न हार्दिक आव्ह्वान गरेको छ । नेपाल अमेरिका एकता समाज मार्फत सहयोग गर्न चाहनु हुने समुदाय सदस्यहरुले समाजमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।  
 
एकता समाजका अध्यक्ष प्रसाईले सहयोग रकम नेपाली रुपैया एक लाख एकतिस हजार तिन सय सतचालिस रुयैया चौतिस पैसा धुर्मुश सुन्तली फाउन्डसनकी कोषाध्यक्ष कुन्जना घिमिरेको नाममा पठाई सकिएको जानकारी दिनुभयो l 
 
किरणको निधनमा शोक प्रस्तावः
अमेरिकी भूमिमा कार्यरत नेपाली बैज्ञानिक डाक्टर किरण लामिछानेको अल्पायुमै भएको दुखद निधन प्रति नेपाल अमेरिका एकता समाजले शोक प्रस्ताब समेत पारित गरेको छ l नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेका भाई डाक्टर लामिछानेको दुखद निधनले अमेरिकी भूमिमा एउटा उदीयमान नेपाली तारा अस्ताएको तथा यो दुखको घडीमा लामिछाने परिवारमा धैर्य धारण गर्ने शक्तिका लागि नेपाल अमेरिका एकता समाज इश्वरसँग प्रार्थना तथा स्वर्गीय लामिछानेको चिर शान्तिको लागि कामना गरेको प्रेस बुलेटिनमा उल्लेख छ l 
 
जुलाइ १७ मा सामुदायीक छलफलः
यसै गरि एकता समाजले जुलाई १७ तारिख स्थानीय आर्टिसिया सिटीमा सामुदायिक वहस कार्यक्रमको आयोजना गर्ने भएको छ l साउदर्न क्यालिफोर्नियामा सक्रिय, स्थापित भएका स्थानीय संघसंस्था तथा नेपाली समुदायबीच समन्वय र सहकार्य गरि एकताका साथ समुदाय केन्द्रित कार्यक्रम गर्दै अघि बढ़्ने उध्येश्यले सो सामुदायिक वहस कार्यक्रम आयोजना लागिएको संस्थाले जनाएको छ l 
 
यसअघि बिशेष कारण बस स्थगित गरिएको स्थानीय संघसंस्था बिचको अन्तरक्रिया कार्यक्रमलाई परिमार्जन तथा निरन्तरता दिँदै यहि जुलाई १७ तारिख आइतबार साँझ ठिक ७:३० बजे तारा हिमालयन रेष्टुरेण्ट आर्टिसियामा स्थानीय संघसंस्था प्रतिनिधि तथा समुदाय सदस्य बीच "समुदायमा स्थानीय संघसंस्थाको भूमिका, चुनौती र अबको बाटो" शिर्षकमा सामुदायिक बहस ( Community Discussion ) कार्यक्रमको आयोजना गर् लागिएको बुलेटिनमा उल्लेख छ l 
 
नोभेम्बरमा साधारण सभाः
अनुसार नेपाल अमेरिका एकता समाजको विधान बमोजिम संस्थाको बार्षिक साधारणसभा यहि नोवेम्वर महिनाको १२ तारिखमा तारा हिमालयन रेष्टुरेण्ट,आर्टेशियामा गर्ने निर्णय समेत गरेको छ l 
 
जसमा महासचिबको वार्षिक कार्य प्रगति प्रतिबेदन, कोषाध्यक्षको वार्षिक आर्थिक प्रतिवेदन र कोष वृध्दि योजना, अध्यक्षको आगामी वर्षका लागि सम्भावित कार्य प्रतिवेदन तथा दिर्घकालिन कार्य योजना, विधान परिमार्जन तथा संसोधन तथा विविध सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिनेछ l 
 
नेपाल अमेरिका एकता समाजले गर्ने नियमित बार्षिक कार्यक्रमहरुमा हरितालिका तिज शुभकामना कार्यक्रम, श्री पशुपति फाउन्डेसनसँगको सहकार्यमा तीज पुजा, दशैँ कार्यक्रम, अंग्रेजी नयावर्ष कार्यक्रम डिसेम्बर ३१ तथा अन्य समुदाय केन्द्रित अन्तरक्रिया कार्यक्रम यहि जुलाई १७ मा हुने सामुदायिक बहस कार्यक्रम पछि स्थानीय संघसंस्थाहरुको राय सल्लाह सुझाव र समन्वयमा गरिने व्यहोरा समेत नेपाल अमेरिका एकता समाज सबै संचार माध्यम तथा समुदाय सदस्यहरुमा सादर अनुरोध गरिएको बुलेटिनमा उल्लेख छ l 
 
यस वर्ष देखि संस्थाले साउन महिनामा नेपाली हिन्दु धर्मावलम्वी महिलाहरूलाइ मेहेन्दी लगाउने कार् लाई संस्थागत गर्दै संस्थाको आर्थिक कोष अभिबृदी गर्ने अभिप्रायले यो सेरोफेरोका लागि "सामुहिक मेहेन्दी संस्थागत कोष अभिबृदी घर दैलो कार्यक्रम" अघि सारेको छ l 
 
नेपाल अमेरिका एकता समाजको मिटिंग हल उपयोग गर्न चाहने स्थानीय संघ संस्थाले फेब्रुअरी महिना देखि निशुल्क उपयोग गर्दै आएकोमा जुलाई २०१६ देखि नेपाल अमेरिका एकता समाजको मिटिंग हल उपयोग गर्न चाहने स्थानीय संघ संस्था वा सामाजिक प्रयोजनकाका लागि व्यक्ति विशेष प्रतिदिन ५० डलरको संस्थागत सहयोगमा सो मिटिंग हल उपयोग गर्न सकिने पुरानो निर्णय लाई निरन्तरता दिने निर्णय गरिएको छ प्रेस बुलेटिनमा उल्लेख छ l 
 
कामदार तथा काम दिने व्यक्ति बीच सुमधुर सम्बन्ध स्थापित गर्न तथा कामदार र काम दिने व्यक्तिका अधिकार कर्तब्य के के हुन् र कानुनी रुपमा के के कुरामा सावधानी अपनाउनु पर्छ भन्ने कुरामा नेपाली समुदायलाई सम्बन्धित अमेरिकी सरकारका प्रतिनिधि बाट जानकारी दिने अभिप्रायले निकट भविष्यमा कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।