ड्यालस (अमेरिका)– विहीबार ड्यालसको घटनामा निधन भएका पाँच प्रहरी अधिकृतको सम्मान नेपाली समाज टेक्ससले आइतबार साँझ ‘क्यान्डल लाइट’ कार्यक्रम गर्ने भएको छ ।
समाजले आइतबार साँझ साँढे सात बजे नेपाली समाजको हलमा उक्त कार्यक्रम राख्ने भएको छ ।विहीबार ड्यालसमा भएको घटनामा प्रहरी अधिकृतहरु ब्रेन थम्पसक प्याट्रिक जामारिपा, माइकल क्रोल, लोर्न अरेन्स, माइकल स्मिथको निधन भएको थियो ।
दिनरात नागरिकको सेवामा खटिने प्रहरी अधिकृतहरुको दुखद निधनमा श्रद्धाञ्जली व्यक्त गर्न यो कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । आइतबार साँझ हुने यो कार्यक्रममा उपस्थित हुन समाजले टेक्ससका नेपालीहरुमा आव्हान गरेको छ ।
प्रतिक्रिया