धुर्मुस सुन्तली साँझका कलाकारहरु आज दोहा आइपुगेका छन् । धुर्मुस सुन्तली फाउण्डेशन द्धारा दोश्रो चरण अन्तर्गत गिरानचौर एकिकृत वस्ती निर्माण अभियानका लागि यस अघि पनि विभिन्न सहयोग गर्दै आएको सास क्रिएसनले कतारमा कार्यक्रम गरी सो अभियानलाई टेवा दिन कतारमा कार्यक्रम गर्न लागिएको सास क्रिएसनका कल्याण घिमिरेले बताए ।
नेपाली ध्वजाबाहकबाट कतार झरेका कलाकारहरुमा नायिका तथा चलचित्र निर्मात्री रेखा थापा, हास्य कलाकारद्धय सिताराम कट्टेल, कुन्जना घिमिरे, लोक दोहोरी गायक गायिका राजु गुरुङ र मुना थापामगर, गायक तथा संगीतकार टंक बुढाथोकी, बाल कलाकार साई उज्वल कोइराला, भोजपुरी नायिका तथा नृत्यांगना रानी चटर्जी, सिमा सिंह परिनिका शर्मा कतार आइसकेका छन् ।
डि आई डि सिजन ५ का फस्र्ट रनर अप निर्मल तामाङ भने भोलि मात्र दोहा आईपुग्ने कुरा सास क्रिएसनका कल्याण घिमिरेले बताए । कार्यक्रमलाई व्यवस्थित रुपबाट सम्पन्न गर्नका लागि अमेरिकाबाट ध्रुवराज गिरी र मेघा प्रधान पनि कतार आइसकेका छन् ।
धुर्मुस सुन्तलीको दोश्रो अभियान अन्तर्गत ६५ वटा घरको जग खनिसकिएको र सो घर तयार गरेर दशैं अघि नै गिरानचौरवासीलाई हस्तान्तरण गर्ने लक्ष्यलाई पुरा गर्न सास क्रिएसनले कतारमा यो कार्यक्रमको आयोजना गरिएको मेघा प्रधानले बताईन् । कार्यक्रम गरेर बचेको सम्पुर्ण रकम सो अभियानका अभियन्ता धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरिने कुरा सास क्रिएसनका अर्का व्यक्ति ध्रुवराज गिरीले बताए ।
आउँदो इदको दोश्रो दिन अर्थात् बृहस्पतिवार जुलाई ७ तारिखको साँझ ६ बजेबाट सनैया स्ट्रीट नम्बर ३७ को ग्राण्डमलमा प्रदर्शन गरिने र प्रवेशका लागि ४०, ६० र १०० रियल टिकटको व्यवस्था गरिएको कार्यक्रमकी बजार व्यवस्थापक आशिका श्रेष्ठले बताईन् । दिनको ३ बजेबाट ग्राण्डमलको कार्यक्रम हलको ८ नम्बर गेटमा टिकट विक्री काउण्टर खुला गरिएको पनि व्यवस्थापक श्रेष्ठले बताईन् ।
उक्त कार्यक्रमको सन्चालन सुसिल नेपाल र विजयराज अधिकारीले सन्चालन गर्ने भएका छन् भने सोही अवसरमा उदयमान बाल कलाकार साई उज्वल कृत मैना जोडी नामक एल्बमको विमोचन गरिने पनि आयोजक कल्याण घिमिरेले बताए ।
प्रतिक्रिया