मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसएसपी खनाल टेक्ससमा

एसएसपी खनाल टेक्ससमा


हिमालय खबर संबाददाता 
ड्यालस (अमेरिका)– काठमाडौंमा हुने गरेका गुण्डागर्दी नियन्त्रण गरेर चर्चामा आएका वरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनाल अमेरिकी शहर ड्यालस आउनुभएको छ ।
 
गत साता लसएन्जलसमा नेपाली समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आउनुभएका खनाललाई शनिबार ड्यालसस्थित फोर्टवर्थ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरुले स्वागत गरेका थिए । खनालको स्वागतका लागि एनआरएन अमेरिकाका सल्लाहकार एवं नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष गौरी जोशी, समाजसेवी एवं व्यबसायी हरिबोल भण्डारी, नेपाली समाजका कोषाध्यक्ष दिवस थापा, हिमालय टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत तथा सिनेकर्मी/निर्देशक नारायण पुरी लगायतले स्वागत गरेका थिए ।
 
पारिवारिक भेटघाटका लागि आउनुभएका खनाल एकसातासम्म ड्यालसमा रहनु हुनेछ। नेपालमा खेलाडीहरुले बर्षौदेखि गर्दै आएकोे म्याच फिक्सिङलाई कारवाहीको दायरामा ल्याउनेदेखि लिएर कुख्यात टोले गुण्डा ‘कुमार घैंटे' को सफाया गरेर खनाल अत्यधिक चर्चामा आउनुभएको हो ।