नेपालीहरूको अमेरिकामा रहेको सबैभन्दा जेठो संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को अध्यक्ष रोजर अधिकारीले राजिनामा दिनुभएको छ । गत अगष्ट १४ मा कार्यकारिणी समिति समक्ष उहाँले पेश गर्नुभएको राजिनामा सोही दिनबाट लागु हुने गरी कार्यकारिणी समितिले स्वीकृत गरेको छ । समितिले बिधानतः वरिष्ठ उपाध्यक्ष डा. शम्भु ढुंगानालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।…