मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जनसम्पर्क समिति ड्यालसले मनायो बीपी जयन्ती

जनसम्पर्क समिति ड्यालसले मनायो बीपी जयन्ती


हिमालयखवर संवाददाता-
ड्यालस (अमरिका) ।  नेपाली जनसम्पर्क समिति ड्यालस फोर्थओर्थले एकसय २ औ बीपी जयन्ती शनिबार ड्यालसमा मनाएको छ ।
 
नेपाली कांग्रेसका सांसद एवम् नेपाल तरुण दलका पूर्ब-अध्यक्ष महेन्द्र यादव र अर्का सांसद मोहनप्रसाद बरालको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो । त्यस अवसरमा नेपालको समसामयिक परिस्थितिका बारेमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । 
 
कार्यक्रममा बीपीको आदर्श र सिध्दान्त, कांग्रेसभित्र देखिएको राजनैतिक बिचलन र गुटबन्दीको राजनीति, नेपालको सम्विधानको कार्यान्वयन लगायत भुकम्प पछिको व्यवस्थापनमा देखिएका समस्याहरुका बारेमा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने, सञ्चारकर्मी शैलेश आचार्य, योगगुरु ललित शंकर योगी लगायत बिभिन्न महानुभावहरूले धारणा राख्नुभएको थियो ।  
 
कार्यक्रममा अतिथी सांसद बरालले नेपाली काँग्रेस बीपीको सिध्दान्त बोकी जनतालाई शासितबाट शासक बनाउन सफल भएको भन्दै प्रवासमा रहेका नेपालीले नेपालमा अफ्नो हकको कुरा उठाई रहेका बेला नेपाल प्रति हक बमोजिमको हैसियत कायम गरिदिन हुन अनुरोध गर्नु भएको थियो । नेपालको राजनीति भन्दा पनि बढी गुटबन्दी रहेको प्रवासी नेपालीहरु बीचको अवस्थालाई ईकित गर्दै नेपालको निस्चित क्षेत्रको उत्थान गर्न सकिने बिचार र परियोजना प्रवासी समुदायले दिन सके स्रोतको नेपालमा खाँचो नभएको समेत उहाँले बताउनुभयो ।  
 
प्रमुख अतिथी महेन्द्र यादवले जनताको चाहना र लोकतन्त्रिक समुन्नत नेपालको लागि लडेको काँग्रेसले बीपीको मार्गमा आज नेपालका सवै राजनैतिक दलहरुलाई संघीय लोकतान्त्रीक नेपालको सम्बिधान निर्माणको यात्रामा सहमत गराउन सफल भएको बिचार राख्नुभये ।
 
ड्यालस फोर्थओर्थ च्याप्टरका अध्यक्ष ज्ञानेन्द्र कार्कीको सभापतित्वमा संचालन भएको कार्यक्रममा सभापति कार्कीले बीपीको परिकल्पना अनुसार राजनैतिक क्रान्ती सफल  भैसकेको र अवको बाटो भनेको आर्थीक क्रान्तीको रहन गएको विचार ब्यक्त गर्दै उपस्थित सबैलाई धन्यबाद दिनु भएको थियो । कार्यक्रमको संचालन जनसम्पर्क समितिका च्याप्टर महासचिव दिनेश शर्माले गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरूलाइ पुष्पलता भण्डारीले स्वागत गर्नुभएको थियो ।