मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

योगी नरहरिनाथ द्धारा रचित पुस्तकहरुको संग्रह गर्न सुरु

योगी नरहरिनाथ द्धारा रचित पुस्तकहरुको संग्रह गर्न सुरु


भाद्र २६ चितवन- योगी नरहरिनाथ द्धारा रचित पुस्तकहरुको संग्रह गर्न थालिएको छ ।  गुरु द्धारा बिभिन्न्न समयमा रचना गरेका तथा छपाई गरिएका पुस्तकहरुको श्री बृहत आध्यात्मिक परिषद गोरक्षनाथपीठ सिद्धान्चल मृगस्थली काठमाण्डौले संग्रह गर्न सुरु गरेको हो । चितवनको बागेश्वरीमा रहेको योगी नरहरिनाथ  आश्रम बागेश्वरी आध्यात्मिक परिषदमा रहेका पुराना र निकै महत्वपुर्ण पुस्तकहरुको पनि स्रंगह गर्ने कार्य भईरहेको संस्थाका अध्यक्ष शान्त प्रसाद पोख्रेलले बताउनु भयो ।
 
 बागेश्वरीमा गुरु द्धारा रचित घेरै पुस्तकहरु अस्तब्यस्त रहेकाले ति पुस्तकहरुको उचित ब्यवस्थापन र उपयोगका लागी संकलन तथा संग्रह गर्ने काम सुरु भएको उहाको भनाई छ । गूरुले राष्ट् राष्ट्यिता, धर्म संस्कृति र कला शाहित्य लगायतका अन्य घेरै बिषयमा कलम चलाएर सारा नेपाललाई बिश्वमा चिनाउन योगदान दिनु भएकोले उहाको सारा बाडि तथा बिचारको नया पुस्तामा हस्तान्तरण गर्दै राष्ट् प्रति बफादार नागरिक निमार्ण गर्न पनि उहाका पुस्तकहरुको स्रगहगर्नु आवस्यकरहेको उहाको भनाई छ ।
 
पुस्तक संकलनका लागी संस्थाका वरिष्ठ उपाध्यक्ष बेग्र बेधनाथ महाराज, महासचिव बिश्व केसी, शान्त प्रसाद पोख्रेल लगायतको टोली दुई दिन देखि बागेश्वरीमा पुस्तक संकलनमा खटिएका छन् ।  नेपालमा आम नागरिकलाई पढने र लेख्ने अधिकार नभएका बेला गुरुले देशका हरेक गाउ गाउ बस्ति बस्ति गएर खोज अनुसन्धान गरि पुस्तक प्रकाशन गर्नु भएकोले ति पुस्तकको महत्व वर्तमान समयमा बढि उपयोगी रहेकाले तिनिहरुको खोजी र संकलन गर्ने कार्य सुरु गरिएको स्वामी ब्याघ्र बेधनाथले बताउनु भयो । उहाले २००४ सालमा आदेशार्थ प्रकाश नामक पहिलो पुस्तक प्रकासन गर्नु भएको उहाको भनाई छ ।  
 
जुन पुस्तकमा नाथ सम्प्रदायको बिषय समाबेस गरिएको बताईन्छ । यहाले आफनो जिवन कालमा करिव ५७१ थरिका पुस्तक र बिभिन्न शिर्षकका १० वटा पत्रिका समेत प्रकासन गर्नु भएको श्री बृहत आध्यात्मिक परिषद गोरक्षनाथपीठ सिद्धान्चल मृगस्थली काठमाण्डौका महासचिव बिश्व केसीले बताउनु भयो । पृथ्बी नारायण शाहको दिब्य उपदेश पनि उहालेनै २००९ सालमा पहिलो पटक प्रकासन गर्नु भएको बताईएको छ । उहाद्धारा प्रकासित ५७१ पुस्तक मध्य काठमाण्डौको मृगस्थलीमा १३८ र चितवनमा ५ प्रकारका पुस्तक मात्रै फेला परेको उहाले बताउनु भयो । बाकि दिल्ली ,गोरखपुर, राजस्थान तथा तेस्रो मुलुक समेत पुगेकोले त्यहाका पुस्तकहरु फिता ल्याउनु संस्था लागि परेको  उहाको भनाई छ । संस्थाले हालसम्म १४३ शिर्षकका १४,५,९४ थान पुस्तक संकलन गरिसकेको छ। 
 
गुरुका पुस्तकहरुमा नेपाली जल जमिन जंगल तथा खनिजको उपयोग र उपभोग, योग ध्यान र साधनाको महत्व, शिक्षा सुधारका लागि सरकारको निती लगाएत बृहत नेपालको सम्मुन्त रेखा चित्र रहेको संस्थाका वरिष्ठ उपाध्यक्ष स्वामी ब्याध्र बेधनाथले बताउनु भयो । योगीले नेपालका ६०० भन्दा बढि बंशहरुको बंशावली समेत तयार पार्नु भएको र गुरुङ, मगर थारु, चेपाङ लगायत बाहुन क्षेत्रीका धेरै थरका समुदायको बंशाबलि फेला परिसकेको बताईन्छ । उहाका शिखरीणी यात्रा, शावरचिन्तामणी लगायतका निकै महत्व पुर्ण पुस्तकहरु जिवन उपयोगी बुटी बन्ने उहाको तर्क छ । संकलित पुस्तकहरुलाई बागेश्वरीमानै योगी नरहरीनाथ स्मृती पुस्तकालय तथा संग्राहलय निमार्ण गरी सर्बसाधारणको अध्यनका लागी राखिने बताईएको छ ।
 
गुरुका निकै महत्व पुर्ण पुस्तक रहेको काठमाण्डौ चितवन लगाएतका जिल्लाको भवन भुकम्पले भत्काएर पुस्तक कुहिने अवस्थामा पुगिसंक्दा पनि राज्यले ति महत्वपुर्ण दस्ताबेझ संरक्षण गर्न चासो नदेखाएपछी आफुहरु सक्रिय भएर संरक्षणमा जुटेको स्वामी बेधनाथको भनाई छ । कालिकोट जिल्लाको लालुगाउमा १९७१ फाल्गुन १७ मा जन्मनु भएका योगी नरहरिनाथ  २०५८ फागुन १३ गते ८८ वर्षको उमेरमा काठमाण्डौको मृगस्थली आश्रममा समाधी लिनु भएको हो । अहिले उहाका उत्तराधीकारीका रुपमा योगी श्रीषनाथ हुनुहुन्छ । उहाकै निदेशनमा गोरक्षनाथपीठ सञ्चालनमा छ ।