मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा भुकम्प

अमेरिकामा भुकम्प


अमेरिकाको अक्लोहामा राज्यलाई केन्द्र वनाएर शनिवार शक्तिशाली भुकम्प गएको छ । ५ दशमलव ६ म्याग्नेच्युटको भुकम्पको धक्का अक्लोहामा लगायत यसका छेमिकी राज्य क्यान्सस, एरक्यान्सस, मिजोरी, टेक्सास, नेब्रास्का र आईवा राज्यमा महसुस गरिएको हो । 
 
अक्लोहामा राज्यमा अनुगमन गर्ने निकाय कर्पोरेशन कमिशनले भुकम्पको असरवारेमा अध्ययन गरिरहेको छ । यसको असर अत्यावश्यक वस्तु ग्यांस, तेल लगायत भण्डारणमा अनुसन्धान गरिरहेको छ । 
 
अक्लोहामा कर्पोरेशन कमिशनका कर्मचारीले भुकम्पको असरवारे समिक्षा गरिरहेका छन् त्यहांका गभर्नर मेसी फालिनले टुविटरमा लेखेकी छिन् । 
त्यहांको यातायात विभागले पुल, भवन लगायत ठुला संरचनामा परेको असर पनि अध्ययन गरिरहेको छ । भुकम्पले राज्यको एक शताव्दी भन्दा पुरानो भवनलाई क्षति पुर्याएको छ । 
 
भुकम्पको कम्पन १५ सेकेण्डसम्मको थियो र यसको गहिराई ७ किलोमिटर वताईएको छ । अहिलेसम्म भुकम्पले ठुलो क्षति पुर्याएको विवरण भने प्राप्त भएको छ । केही हाताहात र घाइते भएको पनि जानकारी छैन ।

शेयर गर्नुहोस:

0
Shares