बिश्व घटना

अमेरिकी शहर सेन्ट लुईस नेपालमय

अमेरिकी शहर सेन्ट लुईस नेपालमय


सेन्ट लुइस, मिजौरी (अमेरिका)– आइतबार यहाँ हुन लागिरहेको एन्मा र नासाको संयुक्त अधिवेशनका कारण अमेरिकी शहर सेन्ट लुइस यतिखेर नेपालमय भएको छ । विमानस्थलको मुख्यस्थलदेखि लिएर सेन्ट लुइसका बिभिन्न ठाउँहरुमा नेपाल झल्काउने व्यानर राखिएका छन् । नेपालका बारेमा कहिल्यै नसुनेका अमेरिकीदेखि लिएर विश्वका अरु कुनाबाट आएकाहरुले समेत नेपालका बारेमा चासो दिइराखेका छन् । 
 
आइतबार बिहान साँढे नौ बजे विशेष कार्यक्रमबीच एन्मा नासाको अधिवेशन उद्घाटन हुँदैछ । एन्माका महासचिव भरत कँडेलका अनुसार अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले अधिवेशनको उद्घाटन गर्नुहुने भएको छ । 
नेपाली सांगितीक व्याण्ड ‘१९७४ एडी '
 
आइतबारनै नेपाली महिलाहरुको विशेष पर्व तीजको अवसरमा साँझ साँढे ४ बजेदेखि कार्यक्रम हुनेछ। शनिबार साँझसम्म पाँचसय भन्दा बढी सहभागीहरु सेन्ट लुइस आइसकेका छन्। बिभिन्न क्षेत्रका ख्यातीप्राप्त व्यक्तिहरु यो सम्मेलनको क्रममा सेन्ट लुइस आइपुगेका छन् । 
 
सम्मेलनको क्रममा युवाहरुको ‘ट्यालेन्ट’ देखि लिएर भलिबल र फुटबल प्रतियोगिता लगाएत विभिन्न फोरम  समेत आयोजना भईरएको। नासा र एन्मा नेपालीहरुको पुरानो संस्थाहरुमध्यका हुन् । यसपटक हुन लागेको संयुक्त अधिवेशन नासाको २५ औं हो भने एन्माको ३५ औं हो । शनिबार साँझ चर्चित नेपाली सांगितीक व्याण्ड ‘१९७४ एडी’ ले आफ्नो विशेष प्रस्तुति दिएको थियो । 
 
दिनभर रक्तदानः
एन्मा र नासाको संयुक्त अधिवेशनकै क्रममा ब्लड डोनर्स अफ अमेरिका को सकृयतामा आइतबार दिनभरिनै रक्तदान कार्यक्रम हुने भएको छ । 
 
नौ बजेदेखि पाँच बजेसम्म राखिएको रक्तदानमा सहभागी हुन इच्छुकले फोटो सहितको परिचयपत्र ल्याउनुपर्ने जनाइएको छ । रक्तदानकै क्रममा सामान्य स्वास्थ परिक्षण समेत गरिनेछ ।  
 
यसैबीच नेपाली दूतावास वासिङटन डिसीले अधिवेशनस्थलमा एमआरपी र भिसा प्रक्रिया  समेतको सुविधा उपलव्ध गराएको छ।