हिमालयखवर संवाददाता टेक्सस(अमेरिका)- "पहिले पहिले पनि यहाँ आइन्थ्यो , तर आजजस्तो रमाइलो र खुशी कहिल्यै भएको थिएन । अपनत्व यस्तो हुँदो रैछ । " - जनक थापाको यो भनाईमा कुनै आग्रह थिएन बरु उनी अन्तरमनको कुरा गर्दै थिए । थापा त नेप्लिज एशोसिएसनका कार्यकारी सदस्य नै हुन् , त्यसैले उनले यसो भन्दै गर्दा बढाइ चढाइ…