मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतीय मूलकी गिताञ्जली रावलाई अमेरिकाको उत्कृष्ट युवा वैज्ञानिक पुरस्कार

भारतीय मूलकी गिताञ्जली रावलाई अमेरिकाको उत्कृष्ट युवा वैज्ञानिक पुरस्कार


हिमालयखवर संवाददाता
अमेरिका- भारतीय मूलकी कोलोराडोमा ७ ग्रेड (कक्षा)मा अध्ययनरत् गिताञ्जली रावले अमेरिकाको उत्कृष्ट युवा वैज्ञानिक पुरस्कार जितेकी छिन् । २५ हजार अमेरिकी डलरको उक्त पुरस्कार उनले डिजाइन गरेको पिउने पानीमा मानव स्वास्थ्यका लागि हानिकार तत्त्व  सिसा (लिड) पत्ता लगाउन छिटो र सस्तो मेसिनका लागि प्राप्त गरेकी हुन् । 
 
११ वर्षीय रावको उक्त नयाँ मेसिनको डिजाइन मेचिगनको फिल्ण्ट सहरमा सिसाका कारण पिउने पानीमा आएको संकटवाट अभिप्ररित छ । रावले डिजाइन गरेको मेसिन सस्तो छ र यसले छिटै पानीमा लिडको मात्रा पत्ता लगाउन सक्छ । लिड मानिसको स्वाथ्यका एक प्रकारका हानिकारक तत्त्व हो । 
 
बालबालिकालाई यसको असर अझ बढी पर्छ । निकै सानो अंशले पनि यसले मानव शरीरलाई असर पर्छ । मेचिगनको फिल्ण्टमा वितरण हुने खानीपानीमा सिसा देखिएपछि त्यहाँ दुई वर्ष अघि संकट आएको थियो । यो समाचार अमेरिकाभर चर्चित बनेको थियो ।
 
विशेष गरी घर घरमा पुग्ने खानेपानीको पुरानो पाइपका यो विषादी आउने गरेको छ । अमेरिकाको वातावरण संरक्षण सम्बन्धी एजेन्सी ईपीएले पिउने पानीमा सिसाको मात्रा शून्य बनाउन लक्ष्य राखेर काम गरिरहेको छ । 
 
सन् २०१६ मा ५३ हजार खानेपानी वितरण प्रणालीमा सिसा सम्बन्धी मापदण्ड उलंधन भएको सीएनएनले जनाएको छ । यसबाट १ करोड ७६ लाख मानिस प्रभावित भएका छन् । सन् २०१५ मा मिचिगनको फिल्ण्टमा यसको मात्रा मापदण्ड भन्दा निकै धेरै भएको भेटिएको थियो । 
 
पुरस्कारमा प्राप्त गरेको यो २५ हजार कसरी खर्च गर्ने रावसंग योजना तयार छ । म यो पैसा मेरो डिजाइनलाई अझ विकसित गर्न खर्च गर्ने छु ताकी यसको व्यावसायिक उत्पादन गर्न सकियोस, उनले सीएनएनसंग भिनेकी छिन् । 
 
घरमा अभिभावकले पानीमा सिसा छ छैन भन्ने परीक्षण गरेको देखेपछि आफूलाई यस्तो मेसिन बनाउने विचार फरेको उनले वताइन । अहिले भएको मेसिनवाट पानी परीक्षण गर्दा सही रिजल्टका लागि कयौँ पटक दोहोर्याउनु परेको हुदां यसमा केही परिवर्तन गरेर नयाँ बनाउने सोच आयो ताकी कहीँ पनि फिल्ण्ट्मा जस्तो समस्या नपरोस उनले भनिन् । 
 
पानीमा सिसाको मात्र भए पनि गन्ध र स्वाद नआउने हुदां देखिँदैन । घरमा मा उपकरणको माध्यमबाट र ल्यावमा मात्र पानीमा कति सिसा छ भन्ने पत्ता लगाउन सकिन्छ । घरमा आउने पानीमा सिसाको मात्र छ छैन भन्ने पत्ता लगाउन १५ देखि ३० डलर लाग्छ । तर, यसको रिजल्ट त्यत्ति भरपर्दो छैन । ल्यावमा परीक्षण गर्दा १०० डलर सम्म खर्च हुन्छ । 
 
तर, रावका अनुसार उनको डिजाइनको मेसिनको मूल्य यो भन्दा तल झार्न सकिन्छ । अहिले प्रोटोटाइप अर्थात् नमुना बनाउंदा करिब २० डलर खर्च भएको र धैरे सङ्ख्यामा वनाउंदा यो लागत कम गर्न सकिन्छ रावको दाबी छ । 
 
रावको अर्को वर्ष आफ्नो डिजाइनको उक्त मेसिनको व्यावसायिक उत्पादन गरी बजारमा ल्याउने योजना छ । उक्त युवा वैज्ञानिक प्रतिस्पर्धामा नेपाली लगायत अन्य भारतीय मूलका अन्यले पनि एक एक हजार डलरको पुष्कार जितेका थिए । तस्बिर: सिएनएन 
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।