मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा ट्रम्पकी छोरी इभान्का, ६४ लाखको सारी उपहारमा दिइयो

भारतमा ट्रम्पकी छोरी इभान्का, ६४ लाखको सारी उपहारमा दिइयो


अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प भारतको हैदराबादमा ग्लोबल अन्तर्प्रिन्योरशिप समिटमा भाग लिइरहेकी छन् । भारत सरकारले उनको भव्य स्वागत गरेर उनलाई मीठामीठा खानेकुरा दिनेदेखि महंगा उपहार पनि दिइरहेको छ ।
 
यसैबीच तेलंगानाका मुख्यमन्त्री के चन्द्रशेखर रावले इभान्कालाई विशेष सारी उपहार दिएका छन् । यो गोलाभामा सारीमा चाँदीको मिहिन कारीगरी छ । सारीको मूल्य ६४ लाख रुपैयाँ हो । चाँदीको मिहिन कारीगरी गरिएको सारी बनाउनका लागि १२० परिवारका कारीगरले दिनरात मेहनत गरेर दुई महिनामा सारी तयार पारेका हुन् ।
 
इभान्कालाई भारत भ्रमणमा अन्य उपहार पनि प्राप्त भएका छन् । उनलाई साढे दुई किलो चाँदीबाट बनेको चारमीनारको प्रतिरूप र डेढ किलो चाँदीले बनेको हाँसको एक प्रतिमा पनि उपहार दिइएको छ । भारतमा इभान्काका लागि खास डिनरको पनि आयोजन गरियो ।
 
मंगलवार प्रधानमन्त्री नरेन्द्र मोदीले इभान्कासँग मिलेर समिटको उद्घाटन गरे । त्यतिखेर उनले इभान्कालाई काठको बाकस पनि उपहार दिए । इभान्का यत्तिका उपहार पाएर फुरुंग परिन् र मोदीको बेस्सरी तारिफ गरिन् । आलोचकहरूले चाहिँ यसरी मोदी सरकारले इभान्कालाई महंगा उपहार दिनु चाकरी हो भनेका छन् ।