मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सत्तरी प्रतिशत अमेरिकी युवा अर्को राजनीतिक दल चाहन्छन्

सत्तरी प्रतिशत अमेरिकी युवा अर्को राजनीतिक दल चाहन्छन्


वासिङ्टन, मङ्सिर १४ गते । अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्काे दल चाहेको सर्वेक्षणले देखाएको छ ।
 
उक्त सर्वेक्षणकाअनुसार अमेरिकामा हाल रहेका डेमोक्र्याट र रिपब्लिकन भन्दा अर्कै दल चाहेको उनीहरुले बताएका थिए ।
 
ती दुई राजनीतिक दलले अमेरिकामा राम्रो काम गर्न नसकेको गुनासो उनीहरुको छ । त्यसैले उनीहरुले यी दुईको सट्टामा अर्काे राम्रो कामगर्ने दल चाहेको बताएका हुन् ।
 
हालै गरिएको सो सर्वेक्षणमा अमेरिकी नागरिकको सो धारणा बाहिर आएको बताइएको छ । उक्त सर्वेक्षणमा सहभागी भएकामध्येका ६० प्रतिशत युवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिरहेको कार्यसम्पादनको विरोध गरेका छन् ।
 
उनीहरुले राष्ट्रपति ट्रम्पको कार्यशैली नरुचाएको र उहाँले जारी राखेका कामहरु जनताले मन पराउने खालका नरहेको पनि बताएका छन् ।
 
एनबिसी न्युजले गरेको सो सर्वेक्षणमा सहभागी करिब ६५ प्रतिशत युवाहरुले संयुक्त राज्य अमेरिका हाल सबै राजनीतिक विषयहरुमा गलत दिशातर्फ उन्मुख भइरहेको जनाएका छन् ।
 
उक्त सर्वेक्षणका अधिकांश सहभागीहरुले अमेरिकामा राजनीतिक दलले जनताको वास्ता नगर्ने गरेको जनाएका छन् । त्यसैले उनीहरुले हालका दुई दलभन्दा अर्कै राजनीतिक दल चाहेको बताएका छन् ।
 
राष्ट्रिय रुपमा नै प्रतिनिधित्व हुनेगरी उक्त सर्वेक्षणमा विभिन्न जात जाति, बर्ग र क्षेत्रका आधारमा नागरिकलाई संलग्न गराइएको थियो ।
 
उक्त सर्वेक्षण गत अक्टोबर २६ देखि नोभेम्बर १० सम्म गरिएको थियो । विभिन्न क्षेत्र, बर्ग र समुदायका गरी १ हजार ८७६ जना १८ बर्षदेखि ३४ बर्ष उमेर समूहका युवाहरुलाई सो सर्वेक्षणमा सहभागी गराइएको थियो । रासस/सिन्ह्वा
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।