मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाज टेक्ससको खाता बन्द भएपछि तनाव

नेपाली समाज टेक्ससको खाता बन्द भएपछि तनाव


हिमालयखवर संवाददाता
टेक्सस(अमेरिका)-  टेक्ससमा बस्ने नेपालीलाई प्रतिनिधित्व गर्ने सामाजिक संस्था नेपाली समाज टेक्सस(एनएसटी) को बैंक खाता एकाएक बन्द भएपछि असहज स्थित सिर्जना भएको छ । 
 
बैँक खाता सञ्चालनको जिम्मेवार संस्थाका अध्यक्ष कृष्ण लामिछाने, कोषाध्यक्ष दिवस थापा, महासचिव कमल सत्याल लगायत अन्य पदाधिकारी गैर आवासीय नेपाली संघको भेलामा सहभागी हुन नेपाल गएका समयमा बैंकले एनएसटीको खाता बन्द गरिदिएको थियो । 
 
बैंकका एक पदाधिकारी तिहारमा जम्मा भएको देउसी भैलोको रकम जम्मा गर्न जाँदा खाता बन्द भएको पत्ता लागेको थियो । एनएसटीका पदाधिकारीले तत्काल नयाँ खाता खोलेर संस्थाको रकम जम्मा गरेका छन्। 
 
‘हामी नेपाल गएका थियौँ,त्यही बेला बैंक अफ अमेरिकामा रहेको एनएसटीको खाता बन्द भएछ । किन यस्तो भयो पत्ता लगाउन बैंकका पदाधिकारीसँग बिहीबार भेट्ने समय लिएका छौँ, ‘ एनएसटीका पदाधिकारीले बुधवार हिमालयखवरसँग भने । 
 
बैंकले खाता बन्द गर्नु अघि जिम्मेवार पदाधिकारीलाई फोन र पत्र पठाएको जानकारी गराएको थियो । तर, जवाफ नआएपछि खाता बन्द गर्नु परेको जवाफ हामीले पाएका छौँ, ती पदाधिकारीले भने । 
 
खाता बन्द गरेपछि त्यहाँ भएको पैसा बैंकले एनएसटीको ठेगानामा चेक मार्फत पठाएको थियो । एउटा चेक ६ हजार ८२ डलर आठ सेन्ट र अर्को १४ सय ३१ डलर ३७ सेन्ट थियो । 
 
ती चेक एनएसटीको कार्यालय रहेको भवनको स्टोरमा आएको थियो । खाता बन्द भएर रकम स्टोरमा आएको छ भन्ने सम्म एनएसटीलाई थाहा थिएन । केही दिन अघि यो थाहा पाएपछि त्यही चेक लगेर नयाँ खाता खोलिएको थियो ।
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।