टेक्सस(अमेरिका)- टेक्ससको फोर्टवोर्थमा भएको कार दुर्घटनामा चार महिनाकी एउटी बालीका सहित नेपाली मूलका तीनजना भुटानी नागरिकको मृत्यु भएको छ । फोर्टवोर्थस्थित हाइ वे २८७ नजिकैको ब्लु माउण्ड रोडमा आइतबार राती आठ बजेतिर चर्चबाट घरतर्फ फर्कदै गरेको बेला एउटा पिक अप ट्रकले कारमा ठक्कर दिँदा कारमा रहेका ५१ वर्षीय डम्बर कामी, ४५ वर्षीय श्रीमती पवित्रा कामी…