मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नयाँ वर्षको २०१८ को उपलक्ष्यमा घरबार बिहिनलाई खाना वितरण

नयाँ वर्षको २०१८ को उपलक्ष्यमा घरबार बिहिनलाई खाना वितरण


कोलोराडो(अमेरिका)- कोलोराडोमा क्रियाशील लङमन्ट हिमालयज् लायन्स क्लबको आयोजनामा आइतबार घरबारबिहिन स्थानीयलाई नेपाली खाना  वितरण  कार्यक्रम सम्पन्न भयो ।
 
लङमन्ट नगर स्थित आवर सेन्टरमा आयोजित खाना वितरण कार्यक्रममा झन्डै १ सय ५० जना घरबार बिहिन स्थानीयहरुले नेपाली खाना दाल,भात, तरकारीको स्वाद लिई खुसी साथ खाएका थिए । उनीहरू ढोकाबाट भित्र पस्दा ओ स्मेल्स् गुड भन्दै पसेका थिए । खाना वितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न लायन्सका पदाधिकारी र समाज सेवीहरुको सक्रिय  सहयोग र सहभागिता गरेको थियो । 
 
आइतबार ११.३० देखि सुरु भएको खाना वितरण कार्यक्रम दिउसो १.३० बजे सम्म सञ्चालन भएको थियो । खाना लायन्सका पदाधिकारीहरुले घर घरमा  तयारपारी ल्याएर वितरण गरिएको थियो । 
 
खाना वितरण स्थल आवर सेन्टरमा बिहान ८.३० बजे देखि नै आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका पदाधिकारी, स्थानीय समाजसेवी लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर डेबिड डे, पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, ग्वोवल मेम्बर चेयर पर्शन देवमेण्डल हल, ६ नर्थ ईष्टका द्धितिय उपाध्यक्ष मिसायल गिल, ६ नर्थ ईष्टका चेयर पर्शन जोशन श्रेष्ठ, आवर सेन्टरका सुपरभाईजर केण्डी, बाल बालिकाहरु संस्कार श्रेष्ठ, आर्यन श्रेष्ठ, बलाम श्रेष्ठ , सुदक्षिणा भट्ट, सुदिक्षा भट्ट र आश्विनी श्रेष्ठ लगायत २३ जना सक्रिय रूपमा स्वयंसेबक भई काम गरेका क्लबका अध्यक्ष प्रमोद श्रेष्ठले बताएका छन् ।