मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इन्द्रेणी सांस्कृतिकको उपहार अादान प्रदान कार्यक्रम

इन्द्रेणी सांस्कृतिकको उपहार अादान प्रदान कार्यक्रम


हिमालयखवर संवाददाता
ड्यालस (अमेरिका) – इन्द्रेणी सांस्कृतिक संघको आयोजनामा सोमबार साँझ क्रिसमसको अवसरमा बाल-बच्चाहरुको लागि गिफ्ट आदान प्रदान समावेश विविध कार्यक्रम सम्पन्न भएको छ । 
 
त्यस अवसरमा नयाँ बर्ष २०१८ को शुभकामना आदान-प्रदान तथा इन्द्रेणी साँस्कृतिक संघले ओएनएफसँगको सहकार्यमा गत महिना संचालित रक्तदान कार्यक्रमका रक्तदाताहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
 
नेपालमा ४४ बर्ष अध्यापनमा संलग्न भइ हाल अवकाशप्राप्त शिक्षक डिल्लीराम भट्टराईको प्रमुख अातिथ्यतामा भएको कार्यक्रमको सभापतित्व इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष ताराप्रसाद भुसालले गरेका थिए ।
 
कार्यक्रममा ब्लड डोनर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. नन्द रेग्मी, प्रवासी नेपाली मञ्च (ओएनअफ) का उपाध्यक्ष यमुना भट्टराई, एएनएका महासचिव विजयराज भट्टराई, एनआरएन टेक्सासका अध्यक्ष भानु खरेल, ब्लड डोनर्स असोसिएसन टेक्सासका अध्यक्ष शिब काफ्ले, नेपाली समाज टेक्सासका नव–निर्वाचित उप-महासचिव डा. परशुराम दाहाल लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। 
 
कार्यक्रमको पहिलो चरण बिशेष गरि बाल-बालिकालाई रमाइलो गराउने  गरि तयार गरिएको थियो। २८ जना बाल-बालिकाले भाग लिएका उक्त कार्यक्रममा उनीहरुको लागि इनडोर पिनयाटा गेम खेलाइएको थियो। युबराज लामिछानेले संचालन गरेको पहिलो चरणमा निकै उत्साहित भएर सबै केटाकेटी सहभागी भए।  त्यसपछि उपहार आदान प्रदान कार्यक्रम रहेको थियो। प्रमुख अतिथि भट्टराइले सबै बाल-बालिकाहरुलाई संस्थाको तर्फ बाट उपहार प्रदान गरेका थिए ।
 
दोश्रो चरणको संचालन संस्थाका महासचिब रुपेश न्यौपानेले गरेका थिए ।  सहभागी सवैलाई स्वागत इन्द्रेणीका उपाध्यक्ष बेदनिधि दाहालले गरेका थिए । कार्यक्रमका सबै अतिथिहरुले ५-५ जना रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
 
त्यस अवसरमा प्रमुख अतिथी डिल्लीराम भट्टराईले संस्कृति जोगाउन अभिभाबकहरुले मात्र कार्यक्रम गरेर नहुने, दोश्रो पुस्ताका बाल-बालिकाहरुलाई हाम्रा हरेक धार्मिक, साँस्कृतिक कार्यक्रममा सहभागी गराउनु पर्ने, केटाकेटीलाई हरेक अविभाबकले कम्तिमा दिनको ३० मिनेट समय दिनुपर्ने जस्ता महत्वपूर्ण कुराहरु राखेका थिए ।  संस्थाका अध्यक्ष तारा भुषालले सहभागी सवैलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।  
 
लगभग एकसय जना उपस्थित रहेको उक्त कार्यक्रम साढे तीन घण्टा चलेको थियो। सांस्कृतिक संघको कार्यक्रम भएपनि कुनै सांस्कृतिक नाच-गान कार्यक्रम नरहेकोले नाम अनुसारको काम नभएको गुनासो सहभागीहरूको थियो ।