मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकासँगको सम्बन्धमा नेपालको गलत कूटनीति

अमेरिकासँगको सम्बन्धमा नेपालको गलत कूटनीति


हिमालयखवर संवाददाता

वासिङटन डिसी (अमेरिका) – नेपालको कुटनीतिले अमेरिकामा बस्ने नेपालीको हित विपरित संयुक्त राष्ट्र संघमा अमेरिकाका विरुध्द ल्याईको प्रस्तावमा पक्षमा भोट गरेको छ । इजरायलको राजधानी जेरुसेलमलाई मान्यता दिने अमेरिकाको निर्णय फिर्ता लिन राष्ट्रसंघ महासभामा ल्याईएको प्रस्तावमा नेपालले अमेरिका विरुद्ध भोट गरेको हो ।

कागजपत्र बिना अमेरिका वस्ने हज्जारौं नेपालीले टम्प्रोररी प्रोटेक्ट स्टाट्स (टीपीएस) नविकरण होस भन्ने चाहना राखेको वेला नेपालको कुटनीति अमेरिका विरुद्ध गएको हो । अमेरिकाले टीपीएस नविकरण गर्न नेपाल सरकारले आधिकारिक रुपमा आग्रह गर्नु पर्ने वताउंदै आएको छ ।

जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय फिर्ता लिन दुइ दिन अघि राष्ट्रसंघमा मतदान भएको थियो । फिर्ता लिनुपर्छ भन्ने पक्षमा १२८ मत गरेको थियो ।

३५ देश मतदान प्रकृयामा सहभागी भएनन भने ९ देशले अमेरिकाको पक्षमा भोट गरेका थिए । नेपाल, भारत, चीन लगायतका देशले अमेरिकाले यो निर्णय विरुद्ध मतदान गरेका थिए ।

राष्ट्रसंघको यो निर्णयले अमेरिकी नीतिमा केही फरक नपर्ने वताईएको छ । इजरायल नेपालको निकट मित्रराष्ट्र हो । नेपालको पहिलो निर्वाचित विपि कोइराला सरकारले भारतको चाहना विपरित इजरायललाई मान्यता दिएको थियो । त्यसवेला इजरायललाई मान्यता दिनेमा एशियामा नेपाल अग्रस्थानमा थियो । यसरी नेपालले स्वतन्त्र रुपमा निर्णय लिए वापत कोइरालासँग भारत रिसाएको थियो । यसपछि नै भारत भित्रै भित्रै गोप्य रुपमा राजा महेन्द्रको पक्षमा गएको इतिहासकारहरुले वताउँदै आएका छन् । हाल नेपाली कांग्रेसकै सरकार भएका वेला नेपालको कुटनीतिले यो पुरानो अडानमा कायम रहन सकेन ।

नेपाल र अमेरिका यो बर्ष कुटनीतिक सम्वन्धको ७० औं बर्षगाठ मनाईरहेका छन् । अमेरिकी दुतावास काठ्माडौंले यस क्रममा नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । यस साता पनि नेपाल र अमेरिका आर्थिक सम्वन्ध विस्तार वारे छलफल भएको थियो । रक्षा क्षेत्रमा पनि दुई देश विच निकट सम्वन्ध विस्तार भईरहेको छ ।

तर, आर्थिक र कुटनीतिक तहका सम्वन्ध भने ठोस उपलव्धिपुर्ण छैनन् । औपचारिक स्तरमा राम्रो छ भन्ने अवस्थामा मात्र दुई देश बीचको सम्वन्ध छ । नेपालकै गलत कुटनीतिका कारण वासिंटनमा नेपालको कुनै प्रभाव देखिदैंन ।

नेपालको गुनासो हुन्छ, अमेरिकाले नेपालसँगको सम्वन्ध भारतको आँखावाट हेर्छ । यसै साता नेपालका लागि अमेरिकी राजदुत अलाइना टेप्लिट्जले नेपाल अमेरिका  सम्बन्धको ७० ओं बर्ष मनाउने क्रममा आयोजना गरिएको बाहैं तथा अन्तिम फुलब्राइट लेक्चरमा भविष्यमा दुई देश बीचको सहकार्यका वारेमा आफ्नो विचार राखेकी थिईन ।

व्यापार तथा निजी लगानीमा बढोत्तरी, जवाफदेहिता र पारदर्शिता सम्बन्धी मामिलाहरुको सम्बोधन, दातावाट सहयोग लिने देशवाट विकास साझेदार देशको रुपमा बदलाव र साँचो अर्थमा समावेशिता र वैव्यक्तिक स्वतन्त्रताको प्रत्याभूतिमा भविष्यमा सहकार्य हुन सक्ने टेप्लिजले बताईन । राजदुत टेप्लिट्जले दुई देश विच आर्थिक सम्वन्ध विस्तारमा पटक पटक जोड दिए पछि व्यवहारमा भने यो खुम्चिँदो छ । अमेरिकाको चाहना विपरित कयौं आर्थिक निर्णय भएका छन् । यो दुवै देशका लागि फाइदा होइन । उक्त कार्यक्रममा यसलाई संकेत गर्दै अमेरिकाका लागि नेपालका पुर्व राजदुत शंकर शर्माले नेपाली व्यवसायी र व्यापार सम्वन्ध निकायलाई अमेरिकी बजारमा थप अवसरको खोजि गर्न सल्लाह दिएका थिए ।