सिकागो (अमेरिका) – सिकागोमा रहेका साहित्य प्रति रुचि राख्ने श्रष्ट्राहरूले आयोजना गरेको एक साहित्यीक कार्यक्रम सम्पन्न भएको छ। झण्डै २० जना साहित्य अनुरागी कवि कवयित्रीहरूले आ आफ्ना सिर्जनाहरूको वाचन गरेका थिए ।
अन्तर्राष्ट्रिय नेपाली राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम बिश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न कविता गजल र गीत प्रस्तुतीकरण गरिएको थियो । स्थानीय सर्जकहरु शिव पलास, यादव न्यौपाने, विष्णा विरही, राम खनाल, भोजराज पाठक, लक्ष्मण न्यौपाने, भीम राई, जीतेद्र राणा, जगन निरौला, इश्वरी बगाले, टेकराज पौडेल शिव अधिकारी, गोपाल कंडेल, गोपाल जिसी, सुरज घिमिरे, टुकबहादुर केसी, रवि विश्वकर्मा, रामकृष्ण अर्याल, नानीराम मरहठ्ठा लगायतले रचना पाठ गरेका थिए ।
सिकागोमा पहिलो पटक आयोजना भएको यस प्रकारको साहित्यीक कार्यक्रममा करिव ८० जना साहित्य अनुरागी श्रोता दर्शकहरुको उपस्थितिले कार्यक्रमको माहाैल तताएको थियो ।
भेलाले अन्तराष्ट्रिय नेपाली साहित्य समाज सिकागो च्याप्टर समेत गठन गरेको छ । विष्णा विरहीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति र ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
समितिमा जसमा निम्न अनुसारको व्यक्तित्वहरू रहनु भएको छ । इश्वरी बगाले उपाध्यक्ष, भीम राई सचिव, जितेद्र राना कोषाध्यक्ष चयन भएका छन् । त्यस्तै सदस्यहरूमा लक्ष्मण न्यौपाने, शिव पलास, शिव अधिकारी, राम खनाल, लक्ष्मण न्यौपाने, यादव न्यौपाने, भोजराज पाठक, रामकृष्ण अर्याल, रवि विक, गोपाल जिसी, तुलसा शिवाकोटी र कविता घिमिरे रहेका छन् ।
सल्लाहकार समितिमा बाला घिमिरे, टेकराज पौडेल, खेम पाठक, गोपाल कँडेल, लालप्रसाद काफ्ले, टुकबहादुर केसी र जगन निरौला रहेका छन्।
साहित्य कमिटिलाई समाजका अध्यक्ष पदम बिस्वकर्माले बधाई दिदै सिकागोमा धेरै साहित्यिक व्यक्तित्व रहनु भएकोमा आफुलाई अत्यन्तै खुशी लागेको बताएका थिए । नव निर्वाचित कमिटीलाई बधाई दिनेहरुममा सिकागोल्याण्ड नेपालि फ्रेन्डशिप सोसाइटीका अध्यक्ष टेकराज पौडेल, नेपाल सरकारका पर्यटन दूत तथा अनमाका अध्यक्ष बाला घिमिरे, एनआरएनएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर प्रितीसागर खत्री समाजसेवी खेम पाठक, टेक केसी लगायत थिए ।






प्रतिक्रिया