मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समुदायलाई अर्को शोक

नेपाली समुदायलाई अर्को शोक


ड्यालस (टेक्सस) – ड्यालसको नेपाली समुदायमा अर्को शोक थपिएको छ ।  ड्यालसको युलेसमा लामो समयदेखि बसोबास गर्दै आएका सुमन कार्कीकी पत्नी निनु कार्कीको ४४ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । काठमाडौं घर भएर स्थानीय बेलर हस्पिटलमा नर्सका रुपमा कार्यरत कार्कीको क्यान्सरका कारण निधन भएको हो । 
 
गत साता पनि नेपाली समुदायका अग्रज रमेश पुरीको निधन भएको थियो । स्वर्गीय कार्कीका १४, १० र ७ वर्षका तीन बच्चाहरु छन् । कार्कीको निधनले नेपाली समुदाय गहिरो शोकमा परेको छ । 
 
‘लामो समयदेखि उहाँ स्थानीय नेपाली समुदायमा सकृय हुनुहुन्थ्यो, उहाँको निधनले नेपाली समुदायले एकजना क्षमतावान व्यक्ति गुमाएको छ,’ गैर आवासीय नेपाली संघ (एनआरए) अमेरिकाका पूर्ब उपाध्यक्ष राम सी पोखरेलले भने ।
 
एनआरएन अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशीले पनि नेपाली समाजले सकृय व्यक्ति गुमाएको उल्लेख गर्दै सहयोगका लागि अपिल गरेका छन् । 
 
स्व.निनु कार्कीको अन्तेष्टी नेपाली समाज टेक्ससको पहलमा मंगलबार स्थानीय शवदाह गृहमा गरिने भएको छ । पोखरेलका अनुसार मंगलबार दिउँसो २ बजे ९७०० ह्युगेस फ्युनरल होममा अन्तेष्टी हुँदैछ । सो अन्तेष्टीमा सहभागी हुनका लागि नेपाली समाजले स्थानीय नेपाली समुदायसँग अपिल गरेको छ । 
 
अन्तेष्टी कार्यक्रमको ठेगाना निम्न रहेको छ । 
Hugesh Funeral Home
9700 Webb Chapel Rd
Dallas, TX 7500