मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जुन १६ र १७ एनअारएनको विज्ञ भेला हुँदै (भिडियो सहित)

जुन १६ र १७ एनअारएनको विज्ञ भेला हुँदै (भिडियो सहित)


क्यालिफोर्निया (अमेरिका)- अमेरिका-क्यानडा लगायत विश्वका विभिन्न देशमा रहेर आफ्नो विषय र क्षेत्रमा दक्षता हासिल गरेका गैर आवासीय नेपालीको सहभागिता रहने बौद्धिक भेला अाउँदाे जुन तेस्रो साता क्यालिफोर्नियाको सानफ्रान्सिस्को शहरमा हुने भएकाे छ । 
 
क्यालिफोर्नियाको लसएन्जल्समा शनिबार पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी र कार्यविभाजन बारेमा जानकारी दिइयो । त्यसै अवसरमा एनआरएन अमेरिकाको वार्षिक साधारणसभा समेत हुनेछ । जुन १६ र १७ मा कार्यक्रम हुनेछ।  
 
विज्ञ भेला र साधारणसभा क्यालिफोर्निया च्याप्टरले आतिथ्यतामा हुनेछ । स्थानीय संघसंस्थाहरुले यसमा सहयोग गर्न लागेको आयोजकले जानकारी गराएका छन् । सम्मेलन सफलतापुर्वक सम्पन्न गर्नको लागि मूल समिति लगायत १४ वटा विभिन्न समितिहरू गठन भएको जानकारी कन्भेनर उमा कार्की थापाले दिएकी छिन् ।
पत्रकार सम्मेलनको भिडियो: