मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालीको सहयोगमा सलमानले जिते (भिडियो सहित)

नेपालीको सहयोगमा सलमानले जिते (भिडियो सहित)


हिमालयखवर संवाददाता
टेक्सस(अमेरिका)-   नेपालीहरूको बाक्लो बसोबास रहेको टेक्सस राज्यको  युलेस सिटी काउन्सिलको  सदस्यमा अल्पसंख्यकहरुको प्रतिनिधित्व गर्दै उमेदवारी दिएका डेमोक्रेट समर्थक सलमान भोजानी थोरै  मत अन्तरले विजयी भएका छन् । 
 
शनिवार सम्पन्न युलेश काउन्सिलको निर्वाचनमा रिपब्लीकन मोली म्याडक्सलाइ पराजित गर्दै भोजानी  युलेश काउन्सिल प्लेस ६ को  सदस्यमा निर्वाचित भएक हुन । भोजानीले २११९ मत प्राप्त गरेका छन् भने म्याडक्सले २०८२ मत प्राप्त गरेकी छन् । 
 
यसपटकको सिटी काउन्सिलको निर्वाचनमा भोजानीलाइ नेपाली समुदायले उल्लेख्य सहयोग गरेको थियो । 
 
पाकिस्तानमा जन्मेर, अमेरिकामा आइ अरू अप्रवासी जस्तै कठिन संघर्ष गरेका भोजानीले अल्पसंख्यक  अप्रवासीहरुको प्रतिनीधित्व, उत्थान र हक हितका लागी आफुले उम्मेदवारी दिएको बताउँदै आएका थिए । केही दिन अघि हिमालय खबरसँग कुरा गर्दै उनले भनेका थिए– “यहाँ बस्ने बिभिन्न समुदायलाइ सिटीसँग जोडन उम्मेदवारी दिएको हुँ ।” 
 
युलेश काउन्सिल प्लेस ५ मा ह्यारी स्याम्पल, टिम सेन्ट क्लेयरलाइ भारी मत अन्तरले हराउँदै विजयी भएका छन् ।