मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

गीतकार किरण खरेललाई ‘महानन्द सापकोटा साधक पुरस्कार’

गीतकार किरण खरेललाई ‘महानन्द सापकोटा साधक पुरस्कार’


हिमालय खबर संबाददाता
ड्यालस (टेक्सस) – नेपाली साहित्यका साधक महानन्द सापकोटाको एकसय २२ औं जन्मदिवसका अवसरमा आइतबार ड्यालसमा साहित्यीक कार्यक्रमको आयोजना गरियो । 
 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालस शाखाको आयोजनामा भएको कार्यक्रममा सापकोटाकै स्मृतिमा स्थापना गरिएको ‘महानन्द सापकोटा साधक पुरस्कार’ गीतकार किरण खरेललाई प्रदान गर्ने घोषणा भएको छ । ड्यालसको अर्भिङस्थित नेपाली मन्दिरमा आयोजित विशेष साहित्यीक कार्यक्रमबीच पाँचसय डलर राशीको उक्त पुरस्कार नेपाली गीत/संगीत क्षेत्रका अथक साधक खरेललाई प्रदान गर्ने घोषणा साहित्यकार भीम कार्कीले गरेका थिए । 
 
ड्यालस क्षेत्रमा रहेका साहित्यानुरागीहरु, स्व. सापकोटाका परिवारका सदस्यहरुबीच आयोजित कार्यक्रममा एक दर्जन कवि–कवयित्रीहरुले कविता वाचन गरेका थिए । त्यस अवसरमा उत्तम लामिछाने, लिला श्रेष्ठ, गोपाल भण्डारी, प्रकाशकुमार पाण्डे, श्रेया पोखरेल, राधाकृष्ण काफ्ले, सुरेश पोखरेल, निर्मला राई, बासु अधिकारी, अच्युतहरि रिजाल, पातलो अन्तरे र बलायर प्रत्याशी लगायतले कविता प्रस्तुत गरेका थिए । 
 
साहित्यकार शैलेश आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्व. साधक सापकोटाका बारेमा कपिल अधिकारी र सापकोटाका पनाती तथा महानन्द गुठीका सुमिरन सापकोटाले प्रकाश पारेका थिए । 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालस शाखाका अध्यक्ष बाशु शर्माको सभापतित्वमा भएको सो कार्यक्रमको  सञ्चालन  सुमन कार्कीले गरेका थिए।

शेयर गर्नुहोस:

0
Shares