मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

हन्डुरियनको पनि टीपीएस नविकरण भएन

हन्डुरियनको पनि टीपीएस नविकरण भएन


हिमालयखवर संवाददाता
अमेरिका-
झण्डै दुई दशक देखि यहां वस्दै आउका झण्डै ९० हजार हन्डुरियनले वाध्यतापुर्वक अमेरिका छाड्नु पर्ने अवस्था आएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले शुक्रवार हन्डुरसका अमेरिकामा सन् १९९९ देखि टेम्प्रोररी प्रोटेक्ट स्ट्याटस (टीपीएस)मा वस्न र काम गर्न दिएको सुविधा रद्द गर्ने निर्णय गरेको छ । यही निर्णय कारण उनीहरुले सन् २०२० अघि नै अमेरिका छाड्नु पर्ने भएको हो । 
 
टीपीएस पाउने हन्डुरियनले आफैं अमेरिका नछाडे नियमानुसार प्रशासनले डिपोर्ट गर्ने छ । सन् १९९८ मा हन्डुरसमा ठूलो दैवि विपत्ती आंधी आएकाले अमेरिकाले त्यसवेला यहां वस्नेलाई टीपीएस सुविधा दिएको थियो । अमेरिकी संचार संस्था सीएनएनका अनुसार अहिले टीपीएसमा झण्डै ८६ हजार हन्डुरियनले यहां वस्ने सुविधा पाएका छन् । उनीहरु टीपीएसमा सन् १९९९ देखि लगातार वस्दै आएका छन् ।
 
 अमेरिकाको अध्यागमन सम्वन्धि हेर्ने निकाय डिर्पाटमेण्ट अफ होमल्याण्ड सेक्यूरिटी (डीएचएस) अनुसार करिव १८ भित्र टीपीएसमा रहेका हन्डुरियन फिर्ता हुनुपर्ने छ । 
 
केही दिन अघि नेपालीले पाएको टीपीएस सुविधा पनि नविकरण भएन । टीपीएसमा रहेका नेपालीलाई फर्किन करिब एक बर्षको समय दिईएको छ । 
 
राष्ट्रपति ट्रम्पले आप्रावासी प्रति अनुदार नीति लिदैं आएका छ्न । यसको मारमा टीपीएसमा बस्दै आएका आप्रावासी परेका छन् । सीएनएनले दिएको तथ्यांक अनुसार टीपीएसमा अमेरिमा वस्ने र काम गर्नेको संख्या ४ लाख ३६ हजार ९ सय थियो । ट्रम्प प्रशासन आएपछि जसमध्ये अधिकांश फिर्ता हुनुपर्ने निर्णय भईसकेको छ । 
 
हन्डुरसको टीपीएस सम्वन्धि निर्णय ६ महिना अघिनै हुनुपर्ने थियो । तर, डीएचएस का कार्यवाहक सचिवले निर्णय नलिई स्थगित गरेका थिए । ह्वाइट हाउसले भने टीपीएस रद्द गर्न पटक पटक दवाव दिएको समाचारहरु आएका थिए । अहिलेको टीपीएस रद्द गर्ने निर्णय पनि ह्वाइट हाउसको दवावमा आएको समाचारमा उल्लेख छ । 
 
अमेरिकी कांग्रेसले सन् १९९० मा विदेशीलाई उनीहरुको देशमा दैविक प्रकोप वा हिंसात्मक द्धन्द्ध आएको अवस्थमा त्यस बेला अमेरिकामा भएका त्यस देशका नागरिकलाई अस्थायी बसोबास सुविधा दिने टीपीएसको व्यवस्था ल्याएको थियो । टीपीएस हुनेले अमेरिकामा काम गर्ने अनुमती वर्क परमिट पाउंछन् । उनीहरुलाई टीपीएस हुदां सम्म डिर्पोटेशन गरिदैंन । तर, नागरिकता पाउने बाटो भने खुल्दैन । समान्यतह ग्रिनकार्ड लिएको पांच बर्षमा अमेरिकी नागरिकताका लागि निवेदन दिन पाइन्छ । तस्बिर: सामाजिक संजाल