भारतमा कोरोना भाइरसबाट ५ हजार १७२ सङ्क्रमित, १५० को मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार रातिसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या १५० पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।    त्यसैगरी मङ्गलबार रातिसम्म यसका सङ्क्रमितको संख्या ५ हजार १७२ जना पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा पछिल्ला केही दिनमा कोरोना…