५२ मुलुकका २२ हजार स्वास्थ्यकर्मी कोरोना संक्रमित : डब्लुएचओ

जेनेभा । कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण बढी प्रभावित विश्वका विभिन्न ५२ मुलुकमा २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठनले आइतबार जानकारी गराएको छ ।    डब्लुएचओको दैनिक रिपोर्टअनुसार कोभिड–१९ का कारण २२ हजार ७३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।   गत बुधबारसम्मको प्रतिवेदनबारे जानकारी दिँदै अधिकारीले भनेका छन्, “सङ्क्रमित स्वास्थ्यकर्मीको तथ्याङ्कलाई व्यवस्थित…