मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा कोरोना संक्रमणबाट अर्का चिकित्सकको पनि मृत्यु

भारतमा कोरोना संक्रमणबाट अर्का चिकित्सकको पनि मृत्यु


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ १ हजार ३५ जना नयाँ संक्रमित थपिएको बताइएको हो । शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको संख्या ७ हजार नाघिसकेको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार बिहानसम्म ७ हजार ४४७ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । 
 
भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरस संक्रमणबाट एक डाक्टरको समेत मृत्यु भएको छ । तीन दिनअघि कोरोना भाइरसको संक्रमण पुष्टि भएका फिजिसियन डा ओमप्रकाश चौहानको मृत्यु भएको भारतीय म्यागाजिन आउटलूकले बताएको छ । 
 
एक निजी क्लिनिक चलाउँदै आएका डा चौहानलाई तीन दिनअघि भाइरसको संक्रमण देखिएपछि औरोबिन्दो हस्पिटलमा भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । भारतमा बिहीबार पनि इन्दौरमै शुत्रुघ्न पंजवनी नाम गरेका अर्का एक चिकित्सकको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । यी दुवै डाक्टरको उपचार औरोबिन्दो अस्पतालमा हुँदै आएको थियो । तर, उनीहरुले भने कोभिड–१९ का बिरामीको उपचार भने गरेका थिएनन् ।
 
अहिले भारतको स्थानीय प्रशासनले भने पंजावनी र चौहानको क्लिनिकमा पछिल्लो १४ दिनयता आउने मानिसहरुको खोजी गरिरहेको छ । उनीहरुको माध्यमबाट क्लिनिकमा आउनेमा कोभिड–१९ को संक्रमण फैलिएको हुनसक्ने प्रशासनले बताएको छ ।
 
भारतमा पछिल्लो समय कोरोना भाइरसको महामारी बढ्दो क्रममा छ । मध्यप्रदेशमा बिहीबारसम्म संक्रमितको संख्या दुई सय ५९ पुगिसकेको छ भने १६ जनाको मृत्यु भइसकेको छ ।
 
पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सुरुवातदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । यो क्रम शनिबारसम्म पनि जारी नै रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै पाइएको छ । गएको २४ घन्टामा यहाँ ४० जनाको ज्यान गएको सो मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २४९ पुगेको भारतका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
 
महाराष्ट्रमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या १ हजार ५७४ जना पुगेको शनिबार बिहान प्राप्त समाचारमा जनाइएको छ । महाराष्ट्रमा मात्र ११० जनाको ज्यान गएको बताइएको छ । यहाँका १८८ जना उपचारपछि घर फर्किएका छन् । 
 
महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या शनिबार बिहानसम्म ९११ पुगेको छ । यीमध्ये २५ जना उपचारपछि घर फर्किएकाछन् । यस राज्यमा मात्र गएको २४ घन्टायता १३ जनाको ज्यान गएको छ । 
 
त्यसपछिका बढी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका संक्रमितको संख्या ९३० रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । एएनआई
 

शेयर गर्नुहोस:

0
Shares