मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इजरायलमा रोबोटबाट कोरोना संक्रमितको उपचार

इजरायलमा रोबोटबाट कोरोना संक्रमितको उपचार


जेरूसेलम । इजरायली अन्वेषकहरूले कोरोनाभाइरसको सङ्क्रमणका बिरामीलाई हेर्ने क्रममा स्वास्थ्यकर्मीलाई सङ्क्रमण हुने जोखिमलाई कम गर्नका लागि स्वास्थ्यकर्मीले टाढाबाट सञ्चालन गर्ने रोबोट प्लेटफर्मको विकास गरेको इजरायली इन्स्टिच्युट अफ टेक्नोलोजीले जनाएको छ । 
 
रोबोट सम्लग्न भिडियो क्यामेराको सहयोगमा ‘जोयस्टिक’ वा ‘स्मार्टफोन’ एप्लिकेसन प्रयोग गरेर स्वास्थ्यकर्मीले टाढाबाट बिरामीलाई परीक्षण गर्ने प्रविधिको विकास इजरायलले गरेको हो ।
 
यो रोबोट उत्तरी सहर हाइफामा रहेको रमबामको अस्पतालको आवश्यकताअनुसार विकसित गरिएको हो र चाँडै नै त्यहाँ सञ्चालन हुने आशा गरिएको छ ।
 
अन्वेषकहरुका अनुसार अपेक्षाकृत छोटो समयमा उनीहरु रमबाम र अरु इजरायली अस्पतालहरुमा त्यस्तै रोबोटहरू निर्माण गर्न सक्षम हुनेछन् । 
 
अर्को चरणमा रोबोटमा एक सञ्चार प्रणाली सम्मिलित गरिनेछ जसमा प्राविधिक सामग्रीहरू स्क्रिन, क्यामेरा, माइक्रोफोन र स्पिकर समावेश हुनेछ र यो बिरामीदेखि बिरामीसम्म सर्न सक्षम हुनेछ र वास्तविक समयमा मेडिकल स्टाफमा सूचना प्रसारित गर्न सक्ने छ । 
 
“हामी त्यस्ता सुविधाहरू थप्नेछौँ जसले वास्तविक उपचारमा मद्दत गर्दछ । जस्तै सेन्सरहरूले बिरामीको नाडी दर र रगत अक्सिजन स्तर जाँच गर्छन्,” अन्वेषक टोलीका एक सदस्यले बताए  ।  
 
रोबोट इजरायलको हाईफाको एक उच्च माध्यमिक विद्यालय र त्यहाँबाट उत्तीर्ण विद्यार्थीहरूको ‘पहिलो’ रोबोटिक्स कार्यक्रमअन्तर्गत विकसित गरिएको थियो । 
 
एक अन्तर्राष्ट्रिय शैक्षिक संस्थाले छात्रछात्रा र युवाहरूको बीचमा उद्यमशीलता र सिकाइ सीपको प्रोत्साहनका लागि उक्त कार्यक्रम विज्ञान र प्रविधि क्षेत्रमा प्रेरणा र पहिचान दिन गरिने रोबोटिक्स प्रतियोगिताबाट निर्माण गरिएको थियो । सिन्ह्वा (तस्बिर : रोयटर्स)