ड्यालस (टेक्सस) – अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले अमेरिकामा रहेका नेपाली समुदायसँग नेपालमा रहेको सम्पत्ति, करका विषयमा लोभ नगर्न आग्रह गरेका छन् । शुक्रबार ड्यालसको अर्भिङमा नेपाली दूतावासद्वारा आयोजित कन्सुलर घुम्ती शिविरको उदघाटन कार्यक्रममा डा. खतिवडाले नेपाल आमाको गहनामा धेरै लोभ नगरिदिन अनुरोध गरे । ‘नेपाल आमालाई धेरै मायाँ गर्नुहुन्छ तपाईहरु, त्यसमा…