भारतमा कोभिड–१९ संक्रमितको संख्यामा व्यापक गिरावट, २४ घन्टामा ३४ सयको मृत्यु

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा विगत २४ घण्टाको अवधिमा संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ ।    गत मे ९ तारिखमा एकै दिन चारलाख भन्दा बढी संक्रमित फेला पारिएकामा विगत २४ घन्टामा त्यो संख्या घटेर एक लाख ६५ हजार मात्र देखिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।   …