मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने वैज्ञानिकको चेतावनी

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने वैज्ञानिकको चेतावनी


लन्डन । बेलायत सरकारको सल्लाहकारसमेत रहेका एकजना वैज्ञानिकले बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।
 
उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा ३३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेका बताएका हुन् । तेस्रो लहर ल्याउन सक्ने प्रकारका ब्रिटिस प्रजातिका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन् । 
 
उनले बेलायतको वर्तमान अवस्थाका बारेमा भनेका छन् ः हुन त हाल बेलायतमा देखा परिरहेका संक्रमितहरुको संख्या थोरै छ तर पनि ती संक्रमितहरुलाई भारतमा भेटिएका भारतीय प्रजातिका संक्रमितहरुका कारणले बल पुग्न पनि सक्छ ।
 
यसैकारणले बेलायतमा कोभिडको तेस्रो लहरको सुरुआत हुन सक्ने अवस्था रहेको उनले जनाएका छन् । उनले बिबिसीसँगको कुराकानीमा भनेका थिए कि हुन त अहिले बेलायतमा देखिएका संक्रमितको संख्या अहिलेको लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी संख्या पनि धेरै नै हुँदै जानेछन् ।
 
सुरुमा देखिँदा जुनसुकै भेरिएन्ट पनि सानो संख्यामा नै देखा परेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ– उनले भनेका छन् । बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको कोभिड १९ को ब्रिटिस भेरिएन्टलाई निकै खतरानाक भनिएको छ । सिन्ह्वा