मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जना पक्राउ

भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जना पक्राउ


गुवाहाटी, भारत । भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिए । 
 
होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोनाभाइरसबाट सङ्क्रमित एक विरामीको मृत्यु भएपछि मंगलबार डा. सेउज कुमार सेनापतिमाथि आक्रमण भएको थियो । चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै सर्वत्र विरोध भएको छ । 
 
स्थानीय प्रहरी अधिकारीहरुले घटनालाई गम्भीरतापूर्वक लिइएको र दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिइने दावी गरेका छन् । “घटनामा संलग्न र दोषी ठानिएका २४ जनालाई हामीले पक्राउ गरेका छौँ, थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढिरहेको छ,” मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।  
 
महामारीका विरुद्धमा अग्रमोर्चामा रहेर लडिरहेका चिकित्सकहरुमाथि भएको आक्रमण र व्यवहार अक्षम्य भएको प्रहरी महानिर्देशक भास्कर ज्योति महन्तले बताए ।
उनीमाथिको आक्रमण सबै अग्रपंक्तिका सेवकहरुमाथिको आक्रमण भएको र त्यसले अरुलाई पनि निराश बनाउन सक्ने खतरा भएको महन्तको भनाइ थियो । पिटिआई/रासस