मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोभिड–१९ बाट २४ घन्टामा ३२०७ जनाको मृत्यु

भारतमा कोभिड–१९ बाट २४ घन्टामा ३२०७ जनाको मृत्यु


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस महामारी (कोभिड–१९) बाट संक्रमितमध्ये विगत २४ घन्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । योसहित भारतमा कोभिड–१९ संक्रमितमध्ये तीन लाख ३५ हजार १०२ जनाको ज्यान गइसकेको छ ।   
 
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घन्टामा एक लाख ३२ हजार ७८८ जना नयाँ संक्रमित थपिएका छन् । योसहित भारतमा बुधबारसम्म कुल संक्रमितको संख्या दुई करोड ८३ लाख नाघेको छ । 
 
तर, संक्रमितमध्ये दुई करोड ६१ लाख ७९ हजार निको भएका छन् । अझै १७ लाख ९३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामै रहेका छन् । तर यो संख्या विगत २४ घन्टामा एक लाखले कमी आएको हो । मन्त्रालयका अनुसार भारतमा पछिल्ला केही दिनदेखि संक्रमितको संख्यामा निकै कमी आएको छ । 
 
भारतमा गत जनवरी १६ देखि राष्ट्रव्यापी खोप अभियान थालनी गरिएको थियो । हालसम्म देशभर करिब २१ करोड ८० लाख डोज खोप लगाइएको छ । तर भारतका कैयौं स्थानमा खोपको अभाव देखिएको तथा खोप केन्द्रहरुमा मानिसहरुको ठूलो भिड लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
 
भारतले हाल १८ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप दिने नीति लिएको छ । मन्त्रालयका अनुसार, मंगलबार एकै दिन भारतमा २३ लाख ९७ हजार डोज खोप दिइएको छ ।
 
यसैबीच, भारतले कोभिड–१९ को परीक्षण सुविधालाई अझ सहजीकरण र व्यापक बनाएको छ । हालसम्म भारतमा ३५ करोड नमूना परीक्षण गरिएको छ । सिन्ह्वा