नयाँ दिल्ली । भारतमा गत वर्ष सन् २०२० मा मात्रै लकडाउनको समयमा खाद्यान्न अभावका कारण रेल मार्गमा ८७०० भन्दा बढीको मृत्यु भएको छ ।
कोरोनाभाइरसको महामारीका कारण देशव्यापी लकडाउन लागू भइरहेकै बेला उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएकामध्ये अधिकांश आप्रवासी कामदार रहेको रेलवे समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
समितिका उच्च अधिकारीहरूले यो विवरण गत बर्षको जनवरीदेखि डिसेम्बरसम्मकै भएको जानकारी दिएका छन् । मध्यप्रदेशका अभियान्ता चन्द्रशेखर गुरुले सूचनाको हक ऐनअन्तर्गत सूचना माग गरेपछि यो विवरण सर्वजनिक भएको हो ।
प्रहरी अधिकारीहरुले उपलब्ध गराएको विवरणमा रेल मार्गमा कम्तीमा ८०५ जना घाइते भएको उल्लेख गरिएको छ । रेल मार्गमा मृत्यु भएकाहरूको खास सङ्ख्या भने आठ हजार ७३३ रहेको छ ।
लामो समयसम्म लकडाउन भएको, रोजगारी गुमाउनु परेको र खाद्यान्नलगायतको अभाव भएको कारणले कामदारहरु रेलमार्ग हुदै हिडेर आ आफ्ना घर तर्फ जाने क्रममा उनीहरुको मृत्यु भएको पाइएको छ ।
“लकडाउनका कारण रेल मार्गमा रेल गुडेका थिएनन, तर आफ्नो घर जान चाहने पैदल यात्रुहरुको संख्या भने ठूलो थियो, तिनैमध्येका ८७ सयको मृत्यु भएको हो,” एक अधिकारीले भने ।
रेलवे समितिका प्रवक्ता डीजे नारायणले रेल मार्गमा रेल दुर्घटना भएर नभई रेल मार्ग अतिक्रमण गरेकाले उनीहरुको मृत्यु भएको स्पष्ट पारे । पिटिआई
प्रतिक्रिया